You are currently viewing गृह मन्त्री सुदन गुरुङको राजीनामा: नैतिकताको सन्देश दिँदै पद त्याग

गृह मन्त्री सुदन गुरुङको राजीनामा: नैतिकताको सन्देश दिँदै पद त्याग

गृह मन्त्री सुदन गुरुङको राजीनामा: नैतिकताको सन्देश दिँदै पद त्याग

काठमाडौं |गृह मन्त्री सुदन गुरुङ ले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले २०८२ चैत १३ गतेदेखि सम्हाल्दै आएको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गरेको उल्लेख गर्दै पछिल्ला दिनहरूमा उठेका जनचासो र टिप्पणीलाई गम्भीर रूपमा लिएको बताएका छन्।

गुरुङले सार्वजनिक रूपमा आएको शेयर सम्बन्धी विषयमा निष्पक्ष छानबिनको माग गर्दै पदमा रहँदा कुनै पनि स्वार्थ  नदेखियोस् भन्ने उद्देश्यले राजीनामा दिएको स्पष्ट पारे। “मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो, र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन,” उनले भने।

उनले देशमा बढ्दो सुशासन, पारदर्शिता र जवाफदेहिताको मागलाई स्वीकार्दै विशेषगरी युवापुस्ता बाट उठिरहेको आवाज लाई सकारात्मक संकेतका रूपमा लिएको बताए। साथै, सरकार निर्माणमा भएको बलिदान प्रति सम्मान व्यक्त गर्दै त्यसप्रति उठ्ने प्रश्नको जवाफ नैतिकता मार्फत दिनुपर्ने धारणा राखे।

 

राजीनामा पछि उनले सञ्चारकर्मी, आम नागरिक तथा युवाहरूलाई सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा अघि बढ्न आह्वान गरेका छन्। साथै, सार्वजनिक जीवनमा स्वच्छता कायम गर्न सबैले त्याग र नैतिक साहस देखाउनुपर्नेमा जोड दिएका छन्।

हाल उनको राजीनामापछि सरकारको आगामी कदम र सम्भावित छानबिन प्रक्रियाबारे चासो बढेको छ।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

Loading spinner