You are currently viewing अविरल वर्षाका कारण पाँचौं गौरीगंगा मेयर कपका खेल स्थगित

अविरल वर्षाका कारण पाँचौं गौरीगंगा मेयर कपका खेल स्थगित

अविरल वर्षाका कारण पाँचौं गौरीगंगा मेयर कपका खेल स्थगित

गौरीगंगा, कैलाली । युवाहरूमा अनुशासन, लागूऔषध दुर्व्यसन न्यूनीकरण तथा सामाजिक सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले गौरीगंगा नगरपालिकाको आयोजनामा सञ्चालन भइरहेको पाँचौं गौरीगंगा मेयर कप–२०८३ पुरुष तथा महिला फुटबल प्रतियोगिता अन्तर्गत आज हुने तय भएका खेलहरू स्थगित गरिएको छ।

अविरल वर्षाका कारण खेल मैदानको अवस्था प्रतिकूल बनेपछि खेल सञ्चालन गर्न कठिनाइ भएको भन्दै आयोजकले तेस्रो दिनका लागि निर्धारित खेलहरू अर्को सूचना जारी नभएसम्म स्थगित गरिएको जनाएको छ।

प्रतियोगितामा सहभागी खेलाडी, प्रशिक्षक तथा दर्शकहरूको सुरक्षा र खेलको गुणस्तरलाई मध्यनजर गर्दै यो निर्णय गरिएको आयोजकको भनाइ छ। स्थगित खेलहरूको नयाँ मिति र समयबारे पछि सूचना जारी गरिने जनाइएको छ।

गौरीगंगा नगरपालिकाले खेलकुदमार्फत युवाहरूलाई सकारात्मक गतिविधिमा संलग्न गराउने, अनुशासनको विकास गर्ने तथा लागूऔषध दुर्व्यसन न्यूनीकरणमा टेवा पुर्‍याउने उद्देश्यले प्रतियोगिता आयोजना गरेको हो। प्रतियोगितामा नगरपालिकाभित्रका विभिन्न वडाका पुरुष तथा महिला टोलीहरूको उत्साहजनक सहभागिता रहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

Loading spinner