माल्दिभ्सतर्फ यू–२० टोली प्रस्थान, ANFA द्वारा भव्य विदाइ
काठमाडौं। दक्षिण एसियाली फुटबलको प्रतिष्ठित प्रतियोगिता SAFF यू–२० च्याम्पियनसिपका लागि नेपाली युवा टोली माल्दिभ्स प्रस्थान गरेको छ। प्रतियोगितामा सहभागिता जनाउन लागेको टोलीलाई अखिल नेपाल फुटबल संघ (ANFA) ले विशेष कार्यक्रमबीच विदाइ गरेको हो।

काठमाडौंस्थित होटल क्राउन इम्पेरियलमा आयोजित कार्यक्रममा ANFA का महासचिव किरण राई र उप–महासचिव दामोदर भट्टराईले खेलाडीहरूलाई सफल यात्राको शुभकामना दिएका थिए। उनीहरूले टोलीले उच्च मनोबलका साथ उत्कृष्ट प्रदर्शन गर्दै नेपालको गौरव बढाउने विश्वास व्यक्त गरे।
मार्च २३ देखि अप्रिल ८ सम्म माल्दिभ्समा सञ्चालन हुने प्रतियोगितामा नेपालको सहभागिता रहेको छ। प्रतियोगिताका लागि टोली पूर्ण तयारीसहित त्यसतर्फ प्रस्थान गरिसकेको छ।
ANFA पदाधिकारीहरूले खेलाडीहरूलाई अनुशासन, समर्पण र टीमवर्कका साथ मैदानमा उत्रन आग्रह गर्दै राम्रो नतिजा ल्याउने अपेक्षा व्यक्त गरेका छन्।

#khabardhara #highlightseveryonefollowers
#ANFA #U20
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो