धनगढी–१३ मा दुई समूहबीच झडप, स्थिति नियन्त्रणका लागि ६ राउन्ड हवाइ फायर
धनगढी: धनगढी उपमहानगरपालिका–१३ मा मंगलबार साँझ दुई समूहबीच झडप हुँदा स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाइ फायरिङ गर्नुपरेको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार झडप उग्र बन्दै गएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो। सो क्रममा राना समुदायका केही व्यक्तिहरूले जिल्ला प्रहरी कार्यालयका एसपी नरेन्द्र चन्द सवार गाडीमा ढुंगामुढा गरेका थिए। स्थिति नियन्त्रणबाहिर जान थालेपछि प्रहरीले ६ राउन्ड हवाइ फायर गरेको जनाएको छ।
झडपका क्रममा असई डबल साउद र इन्सपेक्टर बलराम पाण्डे घाइते भएका छन्। उनीहरूको हाल अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रारम्भिक अनुसन्धान अनुसार होली खेल्ने क्रममा मदिरा सेवन गरेपछि विवाद चर्किएको बताइएको छ। घटनामा संलग्न १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ भने सामाजिक सद्भाव कायम राख्न र अफवाह नफैलाउन स्थानीयबासीलाई सचेत रहन आग्रह गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो