You are currently viewing टर्किश एयरलायन्सको विमानको इन्जिनमा आगलागी, काठमाडौंबाट उडेको जहाज कोलकातामा सुरक्षित अवतरण

टर्किश एयरलायन्सको विमानको इन्जिनमा आगलागी, काठमाडौंबाट उडेको जहाज कोलकातामा सुरक्षित अवतरण

टर्किश एयरलायन्सको विमानको इन्जिनमा आगलागी, काठमाडौंबाट उडेको जहाज कोलकातामा सुरक्षित अवतरण

समाचार:

काठमाडौँ । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्कीको इस्तानबुलका लागि उडेको टर्किश एयरलायन्सको एक विमानमा प्राविधिक समस्या देखिएको छ। उडान भरेको केही समयमै विमानको एउटा इन्जिनमा आगो लागेको आशंका भएपछि जहाज आपतकालीन अवस्थामा परेको हो।

समस्या देखिएपछि विमान काठमाडौं फर्काउने प्रयास गरिए पनि आवश्यक प्राविधिक तथा सुरक्षात्मक कारणले केही समय काठमाडौंको आकाशमा फन्को मारेको थियो। त्यसपछि वैकल्पिक रूपमा भारतको कोलकाता विमानस्थलमा अवतरणका लागि अनुमति लिई त्यतै सुरक्षित रूपमा अवतरण गरिएको विमानस्थल स्रोतले जनाएको छ।

विमानमा सवार यात्रु तथा चालक दल सबै सुरक्षित रहेको जनाइएको छ। घटनाको कारणबारे थप प्राविधिक जाँच भइरहेको सम्बन्धित निकायले जनाएको

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

Loading spinner