You are currently viewing कैलाली–४ मा एमालेका वडा कमिटि अध्यक्ष सहित ३० जना नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश, हरी चौधरी ‘उत्सव’द्वारा स्वागत

कैलाली–४ मा एमालेका वडा कमिटि अध्यक्ष सहित ३० जना नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश, हरी चौधरी ‘उत्सव’द्वारा स्वागत

फाल्गुन १०, गौरिगंगा कैलाली— गौरीगंगा नगरपालिका वडा नम्बर–७ का नेकपा एमालेका वडा कमिटी अध्यक्ष तथा ट्रेड युनियन नेता, स्थानीय तह निर्वाचनका उपविजेता नैनसिंह बुढामगरसहित करिब ३० जना नेता–कार्यकर्ता नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्।

पार्टी प्रवेश गर्नेमा धनबहादुर वि.क. (वडा कमिटी अध्यक्ष), नैनसिंह बुढामगर, टीकाराम जैगडी, तपेन्द्र विक, धनबहादुर विक, सागर विक, राज बरबिजे, कुफुरे कामी, प्रेम टमटा, देव विक, विष्णु विक, दिलसरा विक, विमला विक, हेमा विक, गजेन्द्र शाह, रोहित विश्वकर्मा, नवराज टमटा र संगठित वडा सदस्य–११ नं. वडा का सरभान सार्की लगायत रहेका छन्।

आयोजित एक कार्यक्रममा उनीहरूलाई प्रतिनिधिसभा सदस्य उम्मेदवार हरी चौधरी‘उत्सव’ ले टीका–माला लगाई पार्टीमा स्वागत गरेका हुन्। कार्यक्रममा बोल्दै उम्मेदवार चौधरीले पार्टीमा नयाँ ऊर्जा थपिएको उल्लेख गर्दै संगठन सुदृढीकरणमा सबैले सक्रिय भूमिका खेल्ने विश्वास व्यक्त गरे।

नवप्रवेशी नेताहरूले फागुन २१ गते हुने निर्वाचनमा कैलाली क्षेत्र नम्बर–४ बाट नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार हरी चौधरी ‘उत्सव’लाई चुनाव चिन्ह ‘तारा’मा मतदान गरी विजय गराउन आफूहरू प्रतिबद्ध भएर पार्टीमा आबद्ध भएको बताएका छन्।

उनीहरूले स्थानीय स्तरमा जनताको मुद्दा उठाउँदै समृद्धि, रोजगारी र सामाजिक न्यायका एजेण्डालाई अघि बढाउन सामूहिक रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गरे। पछिल्लो समय विभिन्न दलबाट नेताहरूको प्रवेशसँगै कैलाली–४ मा चुनावी सरगर्मी थप बढेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

Loading spinner