You are currently viewing त्रिवेणी ताल सफाइमा युवाको उदाहरणीय पहल, खुरखुरियामा हिक्मत बमको नेतृत्वमा अभियान सम्पन्न

त्रिवेणी ताल सफाइमा युवाको उदाहरणीय पहल, खुरखुरियामा हिक्मत बमको नेतृत्वमा अभियान सम्पन्न

त्रिवेणी ताल सफाइमा युवाको उदाहरणीय पहल, खुरखुरियामा हिक्मत बमको नेतृत्वमा अभियान सम्पन्न

कैलाली — गौरिगंगा नगरपालिका वडा नं. ४ खुरखुरियास्थित पर्यटकीय तथा धार्मिक महत्व बोकेको त्रिवेणी तालमा स्थानीय युवाहरूले सरसफाइ अभियान सञ्चालन गरेका छन्। युवा हिक्मत बमको नेतृत्वमा सम्पन्न अभियानमा दर्जनौं युवाहरूको सक्रिय सहभागिता रहेको थियो।

ताल क्षेत्रको संरक्षण, स्वच्छता तथा सौन्दर्य कायम राख्ने उद्देश्यले गरिएको उक्त अभियानअन्तर्गत ताल परिसरमा फैलिएको फोहोर संकलन तथा सरसफाइ गरिएको सहभागीहरूले बताएका छन्।

अभियानका संयोजक हिक्मत बमले “हाम्रो सानो प्रयासले प्राकृतिक सम्पदाको संरक्षणमा सकारात्मक सन्देश दिने विश्वास लिएका छौं” भन्दै आगामी दिनमा पनि यस्ता सामाजिक तथा वातावरणीय अभियानलाई निरन्तरता दिने बताए।

स्थानीयवासीले युवाहरूको यस पहलको प्रशंसा गर्दै त्रिवेणी ताललाई अझ व्यवस्थित र आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सबै पक्षको सहयोग आवश्यक रहेको बताएका छन्।

“आउनुहोस्, सबै मिलेर आफ्नो गाउँ–ठाउँलाई सफा, सुन्दर र आकर्षक बनाऔँ” भन्ने सन्देशसहित सम्पन्न अभियानले समुदायमा सकारात्मक ऊर्जा थपेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

Loading spinner