You are currently viewing कैलालीमा हाईस–मोटरसाइकल ठोक्किँदा दुईको ज्यान गयो

कैलालीमा हाईस–मोटरसाइकल ठोक्किँदा दुईको ज्यान गयो

कैलालीमा हाईस–मोटरसाइकल ठोक्किँदा दुईको ज्यान गयो

धनगढी । कैलालीमा भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लम्कीचुहा नगरपालिका–७ गुलारामा मंगलबार साँझ करिब सवा ६ बजेतिर हाईस र मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

सुदूरपश्चिम प्रदेश ०१००१ ज १४२१ नम्बरको हाईस र सुदूरपश्चिम प्रदेश ०१०१३ प ५४३९ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै गम्भीर घाइते भएका थिए।

दुर्घटनामा लम्कीचुहा नगरपालिका–८ का ३३ वर्षीय गगन राना र २४ वर्षीय पुष्प सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले जानकारी दिएका छन्।

गम्भीर घाइते दुवै जनालाई उपचारका लागि बर्दगोरिया अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।

हालसम्म मोटरसाइकल चालक को थिए भन्ने खुल्न बाँकी रहेको छ भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

Loading spinner