You are currently viewing चौमाला बजार खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको दोश्रो वार्षिक साधारण सभा सम्पन्न

चौमाला बजार खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको दोश्रो वार्षिक साधारण सभा सम्पन्न

चौमाला बजार खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

शुद्ध खानेपानीमा पहुँच नागरिकको मौलिक अधिकार : राज्यमन्त्री बम

मिति २०८२ साल चैत्र २७ गते चौमालामा श्री चौमाला बजार खानेपानी तथा सरसफाइ उपभोक्ता समिति को दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ। समितिका अध्यक्ष दिनेशराज जोशी को सभापतित्वमा आयोजित कार्यक्रममा सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री प्रकाश बहादुर बम प्रमुख अतिथि तथा गौरीगंगा नगरपालिका वडा नं. १ का अध्यक्ष डबल दिएकोटी विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

कार्यक्रममा कार्यपालिका सदस्य रुपा जोशी, मसुरिया खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष कमलराज जोशी, उदासिपुर खानेपानी सरसफाइ समितिका अध्यक्ष मानसिंह धामी, वनबेहडा खानेपानीका अध्यक्ष बहादुर खड्का, सचिव हेमन्त राज जोशी, राजीपुर खानेपानी उपभोक्ता सरसफाइ समितिका सचिव छवि कँडेल, मौवारी सामुदायिक वनकी अध्यक्ष सुन्दिरा चौधरी लगायत विभिन्न खानेपानी तथा सरसफाइ समितिका प्रतिनिधि तथा स्थानीय व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

साधारण सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि राज्यमन्त्री बमले शुद्ध खानेपानी पिउन पाउनु प्रत्येक नागरिकको मौलिक अधिकार भएको उल्लेख गर्दै आगामी दिनहरूमा प्रदेश सरकारबाट आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

यस अवसरमा संस्थाले स्थापनाकालदेखि सहयोग तथा सुझाव प्रदान गर्दै पाइपलाइन विस्तार कार्यमा महत्वपूर्ण योगदान पुर्‍याउने टिका सिंह बोहरा, इन्द्रबहादुर चन्द, रतन शिलाधर, जितमान बुढा र मानसिंह धामी लाई सम्मान गरेको छ। साथै खानेपानी महसुल समयमै बुझाउने निलप्रसाद ओझा तथा सबैभन्दा बढी महसुल बुझाउने अमृत शाही लाई पनि सम्मान गरिएको छ।

साधारण सभामा आर्थिक वर्ष २०८२/०८३ का लागि रु. ४३,९८,२१९.५६ बराबरको वार्षिक बजेट संस्थाका व्यवस्थापक नविन चन्द ले प्रस्तुत गर्नुभएको थियो। संस्थाकी सदस्य मनमति बुढा ले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रमको सञ्चालन संस्थाका सचिव सागर थापा ले गर्नुभएको थियो।

कार्यक्रममार्फत गुणस्तरीय खानेपानी सेवा र सरसफाइ व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

Loading spinner