You are currently viewing मेयर कप भजनी: दोस्रो दिनमा रोमाञ्चक दुई खेल सम्पन्न

मेयर कप भजनी: दोस्रो दिनमा रोमाञ्चक दुई खेल सम्पन्न

मेयर कप भजनी: दोस्रो दिनमा रोमाञ्चक दुई खेल सम्पन्न

कैलाली । मेयर कप भजनी अन्तर्गत दोस्रो दिन दुई रोमाञ्चक खेल सम्पन्न भएका छन्।पहिलो खेल वडा नं. ६ र वडा नं. ५ (B) बीच भएको थियो। निर्धारित समयमा खेल बराबरी भएपछि पेनाल्टी सुटआउटमार्फत वडा नं. ५ (B) ले ४ का विरुद्ध ५ गोल गर्दै जित हात पारेको छ। उक्त खेलमा वडा नं. ५ का खेलाडी गौरव साउँद ‘प्लेयर अफ द म्याच’ घोषित भएका छन्।

त्यसैगरी, दोस्रो खेल वडा नं. ७ र वडा नं. ३ बीच भएकोमा वडा नं. ७ ले १ का विरुद्ध ३ गोल गर्दै स्पष्ट जित निकालेको छ। यस खेलका ‘प्लेयर अफ द म्याच’ वडा नं. ७ का श्याम कठरिया घोषित भएका छन्।

प्रतियाेगितामा विजेताले नगद रु ५१००० सहित ट्रफि मेडल प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद रु २५०००० सहित ट्रफि मेडल प्रमाणपत्र प्राप्त गर्नेछन्।खेल अवधिभर बिभिन्न बिधामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरू लाई पनी पुरुस्कारकाे व्यवस्था गरेको आयोजकले जनाएकाे छ।

प्रतियोगितामा सहभागी टिमहरूले उत्कृष्ट प्रदर्शन गर्दै दर्शकलाई रोमाञ्चक खेलको अनुभव गराइरहेका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

Loading spinner