You are currently viewing भजनीमा मेयर कप सुरु: उद्घाटन खेलमै वडा नं. ४ को शानदार जित

भजनीमा मेयर कप सुरु: उद्घाटन खेलमै वडा नं. ४ को शानदार जित

भजनीमा मेयर कप सुरु: उद्घाटन खेलमै वडा नं. ४ को शानदार जित

भजनी कैलाली: कैलालीको भजनी नगरपालिकामा नगर खेलकुद विकास समितिको आयोजनामा “मेयर कप” प्रतियोगिताको भव्य उद्घाटन सम्पन्न भएको छ। समितिका अध्यक्ष तथा वडा नं. ९ का अध्यक्ष सञ्जीव चौधरीको अध्यक्षता तथा नगर प्रमुख केवल चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।

उद्घाटन समारोहमा नगर उप–प्रमुख राजु तिरुवा, प्रमुख प्रशासकीय अधिकृत भोजराज भट्ट लगायत विभिन्न व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा स्वागत मन्तव्य कैलाली जिल्ला फुटबल संघका सदस्य तथा नगर खेलकुद विकास समिति सदस्य दिनेश कुमाल (जयेश केसी) ले व्यक्त गर्नुभएको थियो।

यसैगरी, समाजसेवी अर्जुन शोभ, प्याब्सन भजनीका अध्यक्ष खडक बुढा र प्याब्सन कैलालीका उपाध्यक्ष राज बुढाले शुभकामना मन्तव्य व्यक्त गर्दै प्रतियोगिताको सफलताको कामना गर्नुभएको थियो।

कार्यक्रममा बोल्दै नगर प्रमुख केवल चौधरीले भजनीमा खेलकुद विकासलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्षमा रंगशाला निर्माणका लागि आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले खेलाडीहरूलाई अनुशासनपूर्वक खेल खेल्न आग्रह गर्दै प्रतियोगिता सफल होस् भन्ने शुभकामना समेत दिनुभयो।कार्यक्रमको सञ्चालन डम्मर दत्त जैशीले गर्नुभएको थियो।

प्रतियगितामा बिजेता हुने टिमले नगद ५१,००० सहित ट्रफि मेडल प्रमाणपत्र प्राप्त गर्नेछ र उपविजेता हुने टिमले नगद २५००० ट्रफी मेडल प्रमाणपत्र प्राप्त गर्नेछ विभिन्न बिधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरू लाई पनी पुरुस्कारकाे व्यवस्था गरिएको नगर खेलकुद विकास समितिका सदस्य दिनेश कुमालले जानकारी दिएका छन्।

उद्घाटन खेलमा भजनी वडा नं. ४ (A) र वडा नं. २ बीच प्रतिस्पर्धा भएको थियो, जसमा वडा नं. ४ ले २–१ गोल अन्तरले शानदार जित दर्ता गरेको छ। प्रतियोगिताको सुरुवातसँगै स्थानीय खेलप्रेमीहरूमा उत्साह थपिएको देखिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

Loading spinner