- सुदूरपश्चिमकाे गौरव: जयपृथ्वी वहादुर सिंह राष्ट्रिय फुटबल प्रतियोगिता छैटौं संस्करणतर्फ, निरन्तरताको प्रतिबद्धता बलियो
कैलालीको मध्यवर्ती क्षेत्रमा २०७४ सालदेखि निरन्तर रूपमा हुँदै आएको गौरिगंगा ११ स्पोर्टस् क्लबकाे आयोजनमा लोकप्रिय फुटबल प्रतियोगिता अब छैटौँ संस्करणको तयारीमा जुटेको छ। स्थानीय खेलप्रेमी, युवा तथा आयोजकहरूको सक्रियतामा सुरु भएको यो प्रतियोगिता अहिले सुदूरपश्चिमकै महत्वपूर्ण खेलकुद गतिविधिका रूपमा स्थापित हुँदै गएको छ।

सुरुवाती चरणदेखि नै समुदायको साथ, सहयोग र समर्पणले अघि बढेको प्रतियोगिता केवल खेल मात्र नभई क्षेत्रीय एकता, पहिचान र युवाहरूको उत्साहको प्रतीक बनेको आयोजकहरूको भनाइ छ। वर्षौँको निरन्तर प्रयास, लगानी, मेहनत र खेलप्रतिको लगावका कारण आज यो प्रतियोगिता यस स्तरसम्म आइपुगेको क्लवका अध्यक्ष दिनेश कलेल बताउँछन्।
क्लवका अध्यक्ष दिनेश कलेलका अनुसार, “हामीले सुरु गरेको यो अभियान अबको पुस्ताले पनि निरन्तरता दिँदै अझ उचाइमा पुर्याउने विश्वास लिएका छौँ। प्रतियोगिता जिवित राख्नु हाम्रो मात्र होइन, सम्पूर्ण खेलप्रेमीको दायित्व हो।”
स्थानीय स्तरमा फुटबलको विकास, प्रतिभा पहिचान र खेल संस्कृतिको प्रवर्द्धनमा यस प्रतियोगिताले महत्वपूर्ण भूमिका खेलेको छ। त्यसैले यसलाई दीर्घकालसम्म जोगाइराख्न सबै पक्षको सहकार्य आवश्यक रहेकोमा जोड दिइएको छ भने प्रतियोगीता लाई सफल बनाउन सम्पूर्णको साथ सहयोग आवश्यक रहेको बताउनुभएकाे छ।

आयोजकहरूले आगामी संस्करणलाई अझ व्यवस्थित, प्रतिस्पर्धात्मक र आकर्षक बनाउने तयारी भइरहेको जानकारी दिएका छन्। साथै, दर्शक, समर्थक तथा सम्पूर्ण खेलप्रेमीबाट प्राप्त माया, विश्वास र सद्भावले नै आफूहरूलाई अझ हौसला मिलेको आयोजककाे भनाइ छ।

“जय गौरीगंगा, जय फुटबल, जय सुदूरपश्चिम!” भन्ने नारासहित प्रतियोगितालाई राष्ट्रिय स्तरसम्म चिनाउने लक्ष्य लिइएको
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो