You are currently viewing अप्रत्याशित हारपछि गगन थापाको राजीनामा, कांग्रेसमा नयाँ नेतृत्वको बहस सुरु

अप्रत्याशित हारपछि गगन थापाको राजीनामा, कांग्रेसमा नयाँ नेतृत्वको बहस सुरु

अप्रत्याशित हारपछि गगन थापाको राजीनामा, कांग्रेसमा नयाँ नेतृत्वको बहस सुरु

निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि नेपाली कांग्रेसका सभापति गगन थापाले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिनुभएको छ। केन्द्रीय कार्यसमिति बैठकको मिति तय भएसँगै थापाले आफ्नो राजीनामा उपसभापति विश्वप्रकाश शर्मालाई बुझाउनुभएको हो।

फागुन २१ मा सम्पन्न निर्वाचनमा कांग्रेसले अपेक्षाभन्दा कमजोर नतिजा ल्याएपछि पार्टीभित्र व्यापक समीक्षा र आलोचना सुरु भएको थियो। सोही परिप्रेक्ष्यमा सभापति थापाले जिम्मेवारी ग्रहण गर्दै पद त्याग्ने निर्णय लिनुभएको बताइएको छ।

राजीनामासँगै थापाले पार्टीलाई छिट्टै नियमित महाधिवेशनतर्फ लैजानुपर्ने आवश्यकता औँल्याउनुभएको छ। उहाँको यो कदमले कांग्रेसभित्र नयाँ नेतृत्व चयन, संगठन सुदृढीकरण र रणनीतिक पुनर्संरचनाको बहसलाई थप तीव्र बनाएको छ।

अब कांग्रेसभित्र नेतृत्व हस्तान्तरण कसरी अघि बढ्छ र आगामी महाधिवेशन कहिले हुन्छ भन्ने विषयमा चासो बढेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

Loading spinner