You are currently viewing कैलाली जिल्ला फुटबल संघका स्थगित कार्यक्रम फाल्गुन १ गतेदेखि पुनः निरन्तरता पाउने

कैलाली जिल्ला फुटबल संघका स्थगित कार्यक्रम फाल्गुन १ गतेदेखि पुनः निरन्तरता पाउने

कैलाली जिल्ला फुटबल संघका स्थगित कार्यक्रम फाल्गुन १ गतेदेखि पुनः निरन्तरता पाउने

धनगढी।

आन्तरिक व्यवस्थापकीय तथा प्राविधिक कारणले केही समयका लागि स्थगित रहेका कैलाली जिल्ला फुटबल संघ (KDFA) का पाइपलाइनमा रहेका विभिन्न कार्यक्रमहरू आउँदो फाल्गुन १ गतेदेखि पुनः नियमित रूपमा सञ्चालन हुने भएका छन्।

कैलाली जिल्ला फुटबल संघले नेपालकै अन्य जिल्ला संघहरूले अझैसम्म सुरु नगरेका फुटबलसम्बन्धी काम, कर्तव्य र अधिकारको अभ्यास तथा प्रवर्द्धनलाई निरन्तरता दिँदै आएको जनाएको छ। संघले विशेषगरी बालबालिका, विद्यालयस्तर तथा युवामैत्री फुटबल कार्यक्रमहरूलाई प्राथमिकतामा राख्दै ग्रासरुट फुटबल विकासमा उदाहरणीय काम गर्दै आएको खेलप्रेमीहरू बताउँछन्।

कैलाली जिल्ला फुटवल संघका अध्यक्ष तथा अखिल नेपाल फुटबल संघ (ANFA) का केन्द्रीय सदस्य अनिल मल्ल ज्यू को नेतृत्वमा रहेको टिमले कैलाली जिल्लामा फुटबललाई संस्थागत, समावेशी र दिगो बनाउने उद्देश्यसहित विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। प्रशिक्षण, प्रतियोगिता, क्षमता विकास तथा फुटबलमार्फत बालबालिकाको अधिकार सुनिश्चित गर्ने खालका कार्यक्रमहरू संघको प्राथमिकतामा पर्दै आएका छन्।

संघका कार्यक्रमहरूले Football for Schools, Youth Football Development तथा Right to Play जस्ता अवधारणालाई व्यवहारमा उतार्दै विद्यालयदेखि समुदायसम्म फुटबलको पहुँच विस्तार गरेको बताइएको छ। स्थगित कार्यक्रमहरू पुनः सुरु भएसँगै जिल्लामा फुटबल गतिविधि थप चलायमान हुने अपेक्षा गरिएको छ।

कैलाली जिल्ला फुटबल संघले आगामी दिनमा पनि ANFA को नीति तथा मार्गदर्शनअनुसार जिल्लामा फुटबलको समग्र विकासका लागि अझ प्रभावकारी कार्यक्रमहरू अघि बढाउने प्रतिबद्धता व्यक्त गरेकोछ

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

Loading spinner