You are currently viewing बैतडीको डिलासैनीमा रास्वपा–एमाले कार्यकर्ताबीच झडप, दुई घाइते

बैतडीको डिलासैनीमा रास्वपा–एमाले कार्यकर्ताबीच झडप, दुई घाइते

बैतडीको डिलासैनीमा रास्वपा–एमाले कार्यकर्ताबीच झडप, दुई घाइते

बैतडी – बैतडीको डिलासैनी गाउँपालिका–७ स्थित लेक टोलमा चुनावी घरदैलो कार्यक्रमका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का कार्यकर्ताबीच झडप भएको छ। झडपमा परेर एमाले निकट दुई जना कार्यकर्ता घाइते भएका छन्।

घरदैलो कार्यक्रमका क्रममा सामान्य विवाद चर्किँदै हात हालाहालको अवस्था सिर्जना भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहका अनुसार डिलासैनी–७ का अन्दाजी २८ वर्षीय जनक धामी र २६ वर्षीय माधव धामी घाइते भएका हुन्। उनीहरू दुवै एमाले निकट युवा संघ नेपाल सँग आबद्ध रहेको बताइएको छ।

प्रहरीका अनुसार जनक धामीको टाउको र निधारमा चोट लागेको छ भने माधव धामीको ढाड र दाहिने खुट्टामा चोट लागेको छ। दुवै जनाको गोकुलेश्वर अस्पताल मा उपचार भइरहेको छ।

घटनापछि क्षेत्रमा केही समय तनाव उत्पन्न भए पनि अवस्था अहिले नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ। घटनाको वास्तविक कारण र संलग्न पक्षबारे थप अनुसन्धानका लागि प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटाइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

Loading spinner