कैलाली–४ मा युवाको बहस तीव्र : कमल बम रजवारलाई ‘हलो’ चिन्हमा मतदान गर्ने अभियान
कैलाली । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ४ कैलालीमा युवाहरूबीच चुनावी बहस तीव्र बन्दै गएको छ। यस क्षेत्रका कान्छा उम्मेदवार तथा प्रतिनिधि सभा सदस्य पदका प्रत्याशी कमल बम रजवारलाई ‘हलो’ चुनाव चिन्हमा मतदान गरी विजयी गराउने विषयमा युवाहरू आन्तरिक छलफलमा जुटेका हुन्।
स्थानीय स्तरदेखि सामाजिक सञ्जालसम्म युवाहरूले सक्रिय रूपमा आफ्नो धारणा राखिरहेका छन्। उनीहरूका अनुसार अबको समय युवाको नेतृत्व र सहभागिताको भएकाले सक्षम, ऊर्जावान र युवाको प्रतिनिधित्व गर्न सक्ने उम्मेदवारलाई अगाडि ल्याउन आवश्यक रहेको बताएका छन्।
युवाहरूले शिक्षा, रोजगारी, सीप विकास, कृषि आधुनिकीकरण र डिजिटल पहुँच विस्तारजस्ता मुद्दालाई प्राथमिकतामा राख्दै क्षेत्र नं. ४ मा नयाँ सोचसहितको नेतृत्व आवश्यक रहेको जोड दिएका छन्। कमल बम रजवारले पनि युवाका एजेन्डालाई केन्द्रमा राखेर आफ्नो चुनावी अभियान अघि बढाइरहेका छन्।
“अब पालो हरेक क्षेत्रमा युवाको” भन्ने नारासहित अगाडि बढेको यो बहसले कैलाली–४ को चुनावी माहोल थप तातेको देखिन्छ। आगामी निर्वाचनमा युवाको भूमिका निर्णायक हुने स्थानीय राजनीतिक विश्लेषकहरूले बताएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो