You are currently viewing मसुरिया बजारमा डेउडिया घम्साघम्सी: गीतमार्फत ‘रूख’ चिन्हमा मतदान गर्न अपिल

मसुरिया बजारमा डेउडिया घम्साघम्सी: गीतमार्फत ‘रूख’ चिन्हमा मतदान गर्न अपिल

मसुरिया बजारमा डेउडिया घम्साघम्सी: गीतमार्फत ‘रूख’ चिन्हमा मतदान गर्न अपिल

गौरीगंगा (कैलाली) — गौरीगंगा नगरपालिकाको मसुरिया बजारमा आयोजित सांगीतिक कार्यक्रममा डेउडिया कलाकारहरूबीच रोचक घम्साघम्सी भएको छ। कार्यक्रममा चर्चित डेउडिया कलाकार गगन अधिकारी र मोहन जोशीबीच सवाल–जवाफ शैलीमा प्रस्तुति हुँदा दर्शकहरू उत्साहित बनेका थिए।

स्थानीयस्तरमा आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा विशेषगरी डेउडा गीतमार्फत राजनीतिक सन्देशसमेत प्रस्तुत गरिएको थियो। गीतका शब्दहरूमा प्रतिनिधि सभा सदस्य उम्मेदवार गोरख बहादुर बिष्ट ‘आनन्द’लाई निर्वाचन चिन्ह “रूख” मा छाप लगाएर जिताउन अपिल गरिएको थियो।

कलाकार अधिकारी र जोशीबीचको प्रतिस्पर्धात्मक प्रस्तुति मसुरिया बजारमा आकर्षणको केन्द्र बनेको थियो। दुवैले पालैपालो गीतमार्फत आफ्ना तर्क र व्यंग्य प्रस्तुत गर्दै चुनावी माहोललाई थप तातो बनाएका थिए। दर्शकहरूले ताली र हुटिङ गर्दै साथ दिएका थिए।

कार्यक्रममा सहभागी स्थानीय बासिन्दाहरूले डेउडा संस्कृतिमार्फत जनचेतना र राजनीतिक सन्देश प्रवाह हुनु सकारात्मक रहेको प्रतिक्रिया दिएका छन्। सुदूरपश्चिमको मौलिक संस्कृति डेउडालाई चुनावी अभियानसँग जोडेर प्रस्तुत गरिँदा गाउँ–समाजमा छुट्टै उत्साह देखिएको थियो।

मसुरिया बजारमा भएको उक्त घम्साघम्सीले चुनावी माहोललाई थप रौनक बनाएको स्थानीयहरूले बताएका छन्। सांस्कृतिक प्रस्तुति र राजनीतिक सन्देशको संयोजनले कार्यक्रमलाई प्रभावकारी बनाएको आयोजक पक्षको दाबी छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

Loading spinner