You are currently viewing “घन्टीमा विश्वास, विकासको नयाँ आधार” — कैलाली–४ मा खेमराज कोइरालाको तीव्र घरदैलो अभियान

“घन्टीमा विश्वास, विकासको नयाँ आधार” — कैलाली–४ मा खेमराज कोइरालाको तीव्र घरदैलो अभियान

कैलाली–४ मा खेमराज कोइरालाको घरदैलो तीव्र, “घन्टीमा भोट दिए सुदूरपश्चिमको विकास मोडेल लागू गर्छु”

कैलाली – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट कैलाली क्षेत्र नं. ४ प्रतिनिधि सभा सदस्यका उम्मेदवार खेमराज कोइराला यतिबेला घरदैलो अभियानमा व्यस्त रहेका छन्।

चुरे, मोहन्याल लगायत क्षेत्र नं. ४ का दीर्घकालीन समस्या समाधानलाई प्राथमिकतामा राख्दै सुदूरपश्चिम प्रदेशकै लागि नयाँ विकास मोडेल तयार गरेर कार्यान्वयनमा लैजाने उनले प्रतिबद्धता जनाएका छन्। शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, खानेपानी, कृषि तथा रोजगारी सिर्जनालाई केन्द्रमा राखेर योजनाबद्ध विकास गर्ने उनको भनाइ छ।

घरदैलोका क्रममा जनताबाट उत्साहजनक साथ र सकारात्मक प्रतिक्रिया पाएको बताउँदै कोइरालाले भने, “चुरे र मोहन्यालसहित ४ नं क्षेत्रका समस्या समाधान हुनेगरी सुदूरपश्चिमको विकास मोडेल तयार गरेर विकासमा लाग्छु। एकपटक घन्टीमा भोट दिएर सेवाको अवसर दिनुहोला।”

कैलाली–४ मा चुनावी माहोल तातिँदै जाँदा कोइरालाले जनताको विश्वास जित्दै परिवर्तनको एजेन्डासहित अघि बढ्ने दाबी गरेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

Loading spinner