You are currently viewing नेपाली कांग्रेस कैलाली क्षेत्र नं. ४ को पदस्थापना तथा प्रथम बैठक सम्पन्न

नेपाली कांग्रेस कैलाली क्षेत्र नं. ४ को पदस्थापना तथा प्रथम बैठक सम्पन्न

कैलाली / नेपाली कांग्रेस कैलाली क्षेत्र नं. ४ को नवगठित क्षेत्रीय कार्यसमितिको पदस्थापना कार्यक्रम तथा प्रथम बैठक सफलतापूर्वक सम्पन्न भएको छ।

क्षेत्रीय सभापति सुरत कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नृप सुनार प्रमुख अतिथि, विशिष्ट अतिथि निबर्तमान सभापती वसन्त रोकाया उपस्थित रहेका थिए। कार्यक्रममा नेपाली कांग्रेस कैलाली क्षेत्र नं. ४ का उपसभापति हेमन्तराज जोशी (बाजे) ले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन क्षेत्रीय सचिव गगन बमले गरेका थिए।

कार्यक्रममा नवगठित क्षेत्रीय कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो।सो अवसरमा पार्टीको आदर्श, सिद्धान्त र मूल्यमान्यतालाई आत्मसात् गर्दै आपसी एकता, सहकार्य, समन्वय र सामूहिक जिम्मेवारीका साथ संगठनलाई थप सुदृढ, सशक्त र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो।

व्यक्तिभन्दा संगठन, स्वार्थभन्दा विचार र पदभन्दा जिम्मेवारीलाई सर्वोपरि राख्दै संगठन निर्माणको यात्रामा एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिइएको छ।नवगठित क्षेत्रीय कार्यसमितिले पार्टीको संगठन विस्तार, सुदृढीकरण तथा जनतासँगको सम्बन्धलाई थप प्रभावकारी बनाउँदै अघि बढ्ने विश्वास व्यक्त गरिएको छ।

नवगठित क्षेत्रीय कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।