You are currently viewing ३५ वर्षमुनिका युवा महिलातर्फ सुदूरपश्चिमबाट कांग्रेस केन्द्रीय सदस्यमा रीता शाहीको उम्मेदवारी

३५ वर्षमुनिका युवा महिलातर्फ सुदूरपश्चिमबाट कांग्रेस केन्द्रीय सदस्यमा रीता शाहीको उम्मेदवारी

३५ वर्षमुनिका युवा महिलातर्फ सुदूरपश्चिमबाट कांग्रेस केन्द्रीय सदस्यमा रीता शाहीको उम्मेदवारी

धनगढी । सामाजिक सेवा, साहित्य र राजनीतिमा सक्रिय युवा नेतृ रीता शाही शाहले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएकी छन्। उनले ३५ वर्षमुनिका युवा महिलातर्फ सुदूरपश्चिम प्रदेशबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेकी हुन्।

युवा पुस्ताको प्रतिनिधित्व गर्दै पार्टीको केन्द्रीय नेतृत्वमा आफ्नो भूमिका स्थापित गर्ने उद्देश्यसहित शाहीले उम्मेदवारी घोषणा गर्न लागेकी हुन्।

हालै सम्पन्न नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधि छनोटमा शाहीले सर्वाधिक मत प्राप्त गर्दै केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी थिइन्। उक्त परिणामले पार्टीभित्र युवा पुस्तामा उनको सक्रियता र प्रतिनिधित्वलाई थप बलियो बनाएको देखिन्छ।

यसअघि नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा समेत शाहीले सर्वाधिक मत प्राप्त गर्दै महाधिवेशन प्रतिनिधि निर्वाचित भएकी थिइन्। उनी स्थानीय तहको निर्वाचनमा बाजुराको बुढीगंगा नगरपालिकाको उपप्रमुख पदमा समेत प्रतिस्पर्धा गरिसकेकी छन्।

सामाजिक सेवासँगै साहित्यिक तथा राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएकी शाहीले युवाको सहभागिता, महिला नेतृत्व र सुदूरपश्चिमको आवाजलाई पार्टीको केन्द्रीय तहसम्म पुर्‍याउने लक्ष्यसहित आफ्नो उम्मेदवारी अघि बढाउन लागेकी हुन्।

शाहीको उम्मेदवारीसँगै कांग्रेसको १५औँ महाधिवेशनमा सुदूरपश्चिमबाट युवा तथा महिला प्रतिनिधित्वको विषय पनि थप चर्चामा आएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

Loading spinner