गौरीगंगा–१ को वडा सभापतिमा तेज बम निर्विरोध निर्वाचित

गौरीगंगा–१ को वडा सभापतिमा तेजबहादुर बम निर्विरोध निर्वाचित

गौरीगंगा। नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत कैलालीको गौरीगंगा नगरपालिका–१ को वडा सभापतिमा तेज बहादुर बम निर्विरोध निर्वाचित भएका छन्।

वडा अधिवेशन बाट बमसहित ७ जना पदाधिकारी र क्षेत्रीय प्रतिनिधि समेत निर्विरोध चयन भएका छन्। आवश्यक संख्यामा मात्रै उम्मेदवारी परेपछि वडा कार्यसमितिका सबै पदमा निर्वाचन गर्नुपर्ने अवस्था नआएको हो।

क्रियाशील सदस्यहरूको सहभागितामा वडा नेतृत्व तथा क्षेत्रीय प्रतिनिधि चयन गर्ने प्रक्रिया नेपाली कांग्रेसको विधान अनुसार अघि बढाइएको थियो। सोही क्रममा सभापतिदेखि पदाधिकारी र क्षेत्रीय प्रतिनिधिसम्म आवश्यक संख्यामा मात्रै उम्मेदवारी परेपछि सबै पदमा सर्वसम्मत नेतृत्व चयन गरिएको हो।

वडा अधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वले आगामी दिनमा पार्टीको संगठन विस्तार, क्रियाशील सदस्य व्यवस्थापन तथा स्थानीय तहमा पार्टीका गतिविधिलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले स्थानीय अनुकूलता अनुसार वडा अधिवेशन गर्न सकिने कार्यतालिका सार्वजनिक गरेसँगै १५औँ महाधिवेशनअन्तर्गतको अधिवेशन प्रक्रिया औपचारिक रूपमा अघि बढेको हो। सोही कार्यतालिकाअनुसार गौरीगंगा नगरपालिका–१ मा पनि वडा अधिवेशन सम्पन्न गरिएको हो।

वडा अधिवेशनमार्फत निर्वाचित नयाँ नेतृत्वले स्थानीय स्तरमा पार्टी संगठनलाई थप व्यवस्थित र सक्रिय बनाउँदै आगामी राजनीतिक तथा संगठनात्मक गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

Loading spinner