You are currently viewing जनसेवाबाट राजनीतिमा आएका गोरख बहादुर बिष्ट (आनन्द) को प्रतिबद्धता : “कैलाली–४ को समग्र विकास मेरो प्राथमिकता”

जनसेवाबाट राजनीतिमा आएका गोरख बहादुर बिष्ट (आनन्द) को प्रतिबद्धता : “कैलाली–४ को समग्र विकास मेरो प्राथमिकता”

जनसेवाबाट राजनीतिमा आएका गोरख बहादुर बिष्ट (आनन्द) को प्रतिबद्धता : “कैलाली–४ को समग्र विकास मेरो प्राथमिकता”

कैलाली — प्रतिनिधिसभा सदस्यका लागि कैलाली क्षेत्र नं. ४ बाट नेपाली कांग्रेसका उम्मेदवार गोरख बहादुर बिष्ट (आनन्द) ले जनसेवाको अनुभवलाई राजनीतिक नेतृत्वमार्फत व्यापक रूप दिने प्रतिबद्धता व्यक्त गरेका छन्। लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय बिष्ट अहिले औपचारिक रूपमा राजनीतिमा प्रवेश गर्दै क्षेत्रको समग्र विकासका लागि अघि बढेका हुन्।

“मेरो प्रयास, मेरो कर्म — जनसेवाको अटुट प्रतिबद्धता” भन्ने मूल नारासहित चुनावी मैदानमा उत्रिएका बिष्टले समृद्ध भविष्य, न्यायपूर्ण समाज र दिगो विकास आफ्नो मुख्य एजेण्डा रहेको बताएका छन्। उनले कैलाली क्षेत्र नं. ४ का सम्मानित मतदाताहरूलाई लोकतान्त्रिक मूल्य, सुशासन र जनहितको यात्रामा साथ दिन आग्रह गरेका छन्।

बिष्टका अनुसार क्षेत्र नं. ४ मा शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि आधुनिकीकरण, सडक तथा पूर्वाधार विकास, खानेपानी र युवा सशक्तीकरण प्रमुख चुनौतीका रूपमा रहेका छन्। “यहाँका जनताका समस्या समाधानका लागि म कुनै कसर बाँकी राख्ने छैन,” उनले प्रतिबद्धता जनाउँदै भने, “राजनीति मेरो लागि पद प्राप्तिको माध्यम होइन, सेवा विस्तारको जिम्मेवारी हो।”

उनले आफू समाजसेवाबाट राजनीतिमा आएको उल्लेख गर्दै जनताको पीडा, आवश्यकता र अपेक्षा नजिकबाट बुझेको दाबी गरे। बिष्टले भने, “समयको माग र जेनेरेशन–जेड (Gen Z) पुस्ताको अपेक्षा अनुसार पार्टीले मलाई उम्मेदवार बनाएको छ। अब नयाँ सोच, नयाँ ऊर्जा र पारदर्शी नेतृत्वमार्फत क्षेत्रलाई अगाडि बढाउने संकल्प लिएको छु।”

कैलाली जिल्ला परिवर्तनको संकल्पसहित अघि बढेका बिष्टले युवालाई नेतृत्वमा अवसर, महिलाको सशक्त सहभागिता, किसानलाई उत्पादनमा प्रोत्साहन र स्थानीय स्रोत–साधनको अधिकतम उपयोगमार्फत आर्थिक समृद्धि हासिल गर्ने योजना अघि सारेका छन्।

उनले मतदातासँग विश्वास, साथ र अमूल्य मतको अपेक्षा गर्दै लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउन सक्रिय सहभागिताको आह्वान गरेका छन्। “आउनुहोस्, हामी सबै मिलेर कैलाली–४ लाई विकास, सुशासन र अवसरको नमुना क्षेत्र बनाऔँ,” उनले भने।

चुनावी अभियान तीव्र पारिरहेका बिष्टले घरदैलो, भेटघाट र अन्तरक्रिया कार्यक्रममार्फत मतदातासँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिएका छन्। उनले जनताको सुझावलाई आफ्नो घोषणापत्रमा समेट्दै व्यवहारिक र कार्यान्वयनयोग्य योजना अघि सार्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

Loading spinner