You are currently viewing गौरीगंगा–६ मा रास्वपाको लहर: ५० बढी नेता–कार्यकर्ता प्रवेश, खेमराज कोइरालालाई जिताउन सक्रिय रहने प्रतिबद्धता

गौरीगंगा–६ मा रास्वपाको लहर: ५० बढी नेता–कार्यकर्ता प्रवेश, खेमराज कोइरालालाई जिताउन सक्रिय रहने प्रतिबद्धता

गौरीगंगा–६ मा रास्वपाको लहर: ५० बढी नेता–कार्यकर्ता प्रवेश, खेमराज कोइरालालाई जिताउन सक्रिय रहने प्रतिबद्धता

गौरिगंगा, कैलाली – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा गौरीगंगा नगरपालिका–६ का ५० जना भन्दा बढी नेता तथा कार्यकर्ता विभिन्न राजनीतिक दल परित्याग गर्दै प्रवेश गरेका छन्। सोमबार आयोजित विशेष कार्यक्रममा उनीहरू औपचारिक रूपमा रास्वपामा समाहित भएका हुन्।

पार्टी प्रवेश गर्नेहरूमा नबहादुर साउद, मोती सिंह महर, केशव चन्द, नन्दराम चौधरी, नरपतादेवी कुँवर, नवराज कुँवर, लालबहादुर सिंह, सुमित जोशी, श्याम जोशी, विशाल चौधरी, खेमराज जोशी, दुर्गा भट्ट, अमरबहादुर खड्का, मोहन सिंह कुँवर, रोशन जोशी, धनबहादुर धामी, लालमणि भट्ट, कौशिल्ला खड्का, मिना ऐर, जौकला रावल, किसन ठोली, प्रवीण खड्का, नरबहादुर खडायत, विजय छेडाल, अर्जुन नेपाली, खडक बिक, वीरबहादुर बिक, इन्द्र रावत, चेतबहादुर कुँवर, भीम बिक, रमेश जेठारा, नन्दराम जोशी, देवीदत्त फुलारा, गोपी भुल, मोहन सिंह साउद, नरेश बिक, दीपक राउत, चेतबहादुर बिक लगायतका नाम रहेका छन्।

नवप्रवेशीहरूले देशको वर्तमान राजनीतिक अवस्थालाई परिवर्तन गर्न रास्वपा नै उपयुक्त विकल्प भएको बताएका छन्। उनीहरूले कैलाली क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा उम्मेदवार खेमराज कोइरालालाई विजयी गराउन आफूहरू पूर्ण रूपमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे। “अहिलेको आवश्यकता नयाँ शक्ति र नयाँ सोच हो,” उनीहरूको भनाइ थियो।

कैलाली–४ बाट पहिलो पटक संघीय सांसद पदका लागि चुनावी मैदानमा उत्रिएका उम्मेदवार खेमराज कोइरालाले आफू निर्वाचित भए इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गर्ने प्रतिवद्धता जनाएका छन्। उनका अनुसार शिक्षा, कृषि, पूर्वाधार विकास तथा बेरोजगारी समस्या समाधान मुख्य प्राथमिकता रहनेछ।

“देशले अब नयाँ विकल्प खोजिरहेको छ। पुराना शैली र प्रवृत्तिले जनताको अपेक्षा पूरा गर्न सकेनन्,” उनले भने, “नयाँ सोच र स्पष्ट प्रतिबद्धतासहित अघि बढेको रास्वपाको जित निश्चित छ।”

कोइरालाले घरदैलो अभियानलाई तीव्र बनाउँदै गाउँ–गाउँमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन्। मतदाताबाट उत्साहजनक समर्थन प्राप्त भइरहेको उनको दाबी छ। “युवादेखि ज्येष्ठ नागरिकसम्म परिवर्तनको चाहना स्पष्ट देखिन्छ,” उनले बताए।

रास्वपाका स्थानीय नेता–कार्यकर्ताहरूका अनुसार पछिल्लो समय कैलाली–४ मा पार्टीप्रति आकर्षण बढ्दो छ। नयाँ अनुहार, स्वच्छ राजनीतिक अभ्यास र परिवर्तनको सन्देशले मतदातामा सकारात्मक प्रभाव परेको उनीहरूको भनाइ छ।

अब मतदाताको अन्तिम निर्णयले परिवर्तनको यो बहसलाई कुन दिशामा लैजान्छ भन्ने चासो बढेको छ। तर एक कुरा स्पष्ट देखिन्छ कैलाली–४ मा यसपटक प्रतिस्पर्धा मात्र होइन, विकल्पको बहस पनि केन्द्रमा छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

Loading spinner