You are currently viewing युवा वैज्ञानिकलाई लक्षित गर्दै धनगढीमा सूचना प्रविधि तथा रोबोटिक्स सम्मेलन हुँदै

युवा वैज्ञानिकलाई लक्षित गर्दै धनगढीमा सूचना प्रविधि तथा रोबोटिक्स सम्मेलन हुँदै

युवा वैज्ञानिकलाई लक्षित गर्दै धनगढीमा सूचना प्रविधि तथा रोबोटिक्स सम्मेलन हुने भएको छ। धनगढीको रिसर्च एण्ड इन्नोभेसन सेन्टरको आयोजनामा सूचना प्रविधि तथा रोबोटिक्स सम्मेलन हुने भएको हो। कार्यक्रम गर्न प्रदेश युवा परिषद्ले आर्थिक सहयोग गर्ने आयोजकले जनाएको छ। आइतवार धनगढीमा पत्रकार सम्मेलन गर्दै आयोजकले कार्यक्रम बारे जानकारी दिएको हो।

पत्रकार सम्मेलनमा युवा परिषद्का उपाध्यक्ष गजेन्द्र साउँद, रोबोटिक्स अभियानकर्ता वंशीराम चौधरी र त्रिलोक पाण्डेलगायतको उपस्थिति रहेको थियो। माघ १४ र १५ गते धनगढीको रिद्धिशिद्धी पार्टी प्यालेसमा सम्मेलन हुने आयोजक रिसर्च एण्ड इन्नोभेसन सेन्टरका अध्यक्ष दिपेन्द्र जोशीले बताए।

उनले युवा परिषद्ले सम्मेलनका लागि पाँच लाख उपलब्ध गराउने बताए। कक्षा ३ देखि १२ सम्मका विद्यार्थी सहभागी हुने तथा कार्यक्रम आयोजना गर्न प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्र, निसर्ग अस्पताल, एसपिए कलेज लगायत संस्थाको आर्थिक सहयोग रहेको रिसर्च एण्ड इन्नोभेसन सेन्टरका सचिव एवं प्रदर्शनीका संयोजक सुरज खड्काले बताए।

युवा परिषद्का कार्यकारी उपाध्यक्ष साउँदले युवाहरूले प्रदर्शनी मार्फत नवप्रवर्तनको क्षेत्रमा योगदान दिने विश्वास व्यक्त गरे। उनले युवा परिषद्ले युवाको क्षेत्रमा काम गर्दै आएको र यस्ता कार्यक्रममा सदैव सहकार्य गर्ने बताएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

Loading spinner