गौरिगंगा,कैलाली – नेपाल कम्युनिस्ट पार्टी (एमाले) निकट युवा संगठन नेशनल भोलिन्टर फोर्स अन्तर्गत गौरीगंगा नगरपालिका वडा नं. १ मा नयाँ वडा कमिटी गठन गरिएको छ। नवगठित ३१ सदस्य सहीतको कमिटि गठन भएको छ कमाण्डरमा ललित बुढा चयन भएका छन्।
सुदूरपश्चिम प्रदेश भोलिन्टर फोर्सका संयोजक डेभिडचन्द्र कडायतको उपस्थितिमा आयोजित कार्यक्रममा पार्टीका स्थानीय कार्यकर्ता तथा संगठनका विभिन्न नेताहरूको सहभागिता रहेको जनाइएको छ।
कार्यक्रमका वक्ताहरूले संगठनलाई अझ सक्रिय, अनुशासित र सुदृढ बनाउँदै जनतामाझ पार्टीका नीति तथा कार्यक्रम प्रभावकारी रूपमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका थिए।
आगामी फागुन २१ गते हुने निर्वाचनमा एमालेका उम्मेदवारलाई अत्यधिक मतले विजयी गराउन संगठनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उद्देश्यका साथ कमिटी गठन गरिएको नेताहरूले बताएका छन्।
नवगठित कमिटीले वडा तहमा संगठन विस्तार, युवा परिचालन तथा चुनावी अभियानलाई तीव्रता दिने निर्णयसमेत गरेको छ। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो