बेहडा बाबा मन्दिर व्यवस्थापन समितिको १६औँ वार्षिक साधारण सभा चैत्र ७ गते
धनगढी, बेहडा बाबा मन्दिर व्यवस्थापन सेवा समितिले आफ्नो १६औँ वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ। समितिले जारी गरेको सूचनाअनुसार आगामी २०८२ साल चैत्र ७ गते शनिबार बिहान १०:३० बजे मन्दिर परिसरमै सभा आयोजना गरिनेछ।
समितिले संस्थामा आबद्ध सम्पूर्ण आजीवन सदस्य, साधारण सदस्य, जनप्रतिनिधि, भक्तजन, साधुसन्त, गुरु, पुरोहित तथा धर्मप्रति आस्था राख्ने सम्पूर्ण व्यक्तिहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरेको छ।
धार्मिक तथा सामाजिक गतिविधिहरूको समीक्षा, भावी योजना तथा संस्थागत विकासका विषयमा छलफल हुने अपेक्षा गरिएको उक्त सभामा सबै सरोकारवालाको सक्रिय सहभागिता रहने विश्वास समितिले व्यक्त गरेको छ।
“जय शम्भो” भन्ने धार्मिक उद्घोषसहित जारी गरिएको सूचनामा समयमै उपस्थित भई सभालाई सफल बनाउन सबैमा अपिल गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो