You are currently viewing नगर प्रमुख भट्टद्वारा गोदावरी–४ का विकास योजनाको स्थलगत निरीक्षण

नगर प्रमुख भट्टद्वारा गोदावरी–४ का विकास योजनाको स्थलगत निरीक्षण

नगर प्रमुख भट्टद्वारा गोदावरी–४ का विकास योजनाको स्थलगत निरीक्षण
कैलाली।
गोदावरी नगरपालिका वडा नं. ४ अन्तर्गत बास्कोटा सामुदायिक वन नजिकको खोलामा निर्माण गरिने कल्भर्ट योजनाको तयारी कार्य नगर प्रमुख विरेन्द्र भट्टको नेतृत्वमा अघि बढाइएको छ। नगरपालिकाका प्राविधिक टोलीसहित नगर प्रमुख भट्टले स्थलगत निरीक्षण गर्दै योजना कार्यान्वयनका विषयमा आवश्यक निर्देशन दिएका छन्।
यसै क्रममा वडा नं. ४ कै बसन्तपुर क्षेत्रमा ढल निकास व्यवस्थापनका लागि पनि प्राविधिक अध्ययन तथा निरीक्षण गरिएको छ। निरीक्षण टोलीले स्थानीय भौगोलिक अवस्था, पानी निकासको समस्या र आवश्यक संरचनाबारे स्थलगत अवलोकन गर्दै प्राविधिक तयारी सुरु गरेको जनाएको छ।
नगर प्रमुख भट्टले विकास निर्माणका काम जनजीवनसँग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै गुणस्तरीय, दिगो र समयमै सम्पन्न हुने गरी काम अघि बढाइने बताएका छन्। उनका अनुसार यी योजनाहरू कार्यान्वयनमा आएपछि वर्षायाममा हुने आवतजावतको समस्या, डुबान तथा ढल व्यवस्थापनसम्बन्धी कठिनाइ न्यूनिकरण हुने अपेक्षा गरिएको छ।
नगरपालिकाले स्थानीय जनताको सहज जीवनयापनलाई प्राथमिकतामा राख्दै छिट्टै निर्माण कार्य सुरु गर्ने तयारी गरेको जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

Loading spinner