धनगढीमा एन्फा कम्युनिटी कोर्स सुरु, सुदूरपश्चिममा फुटबल प्रशिक्षक उत्पादनलाई नयाँ गति
धनगढी, कैलाली — कैलाली जिल्ला फुटबल संघको आयोजनामा, अखिल नेपाल फुटबल संघ (एन्फा) को आर्थिक सहयोग तथा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को प्रवर्द्धनमा धनगढीमा पाँचदिने एन्फा कम्युनिटी कोर्स सुरु भएको छ।

शुक्रबार होटल आस्थामा आयोजित विशेष समारोहका बीच सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव ले प्रमुख प्रशिक्षक लाई बल हस्तान्तरण गर्दै तालिमको औपचारिक उद्घाटन गरेका हुन्।

पाँच दिनसम्म सञ्चालन हुने उक्त तालिममा कैलाली, बैतडी, बुटवल, पाल्पा र काठमाडौंका गरी ४२ जना प्रशिक्षार्थीको सहभागिता रहेको छ। सहभागीमध्ये ४ जना महिला प्रशिक्षार्थी समेत रहेका छन्। तालिममा फुटबलका आधारभूत सिद्धान्त, प्रशिक्षण विधि, खेलाडी विकास तथा आधुनिक प्रशिक्षण प्रणालीबारे सैद्धान्तिक र प्रयोगात्मक ज्ञान प्रदान गरिने प्रमुख प्रशिक्षक सञ्जित सिंहले जानकारी दिए। तालिममा एन्फाका प्रशिक्षक ले समेत सहजीकरण गर्नेछन्।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै सदस्य सचिव लोक बहादुर खड्काले सुदूरपश्चिमका विभिन्न खेल संघमध्ये कैलाली जिल्ला फुटबल संघले खेल विकास र प्रशिक्षक उत्पादनमा उदाहरणीय कार्य गरिरहेको बताए। उनले प्रदेशभर खेलकुदको समग्र विकासका लागि दीर्घकालीन योजना भए पनि पर्याप्त बजेट अभावका कारण अपेक्षित गतिमा काम गर्न नसकिएको उल्लेख गरे।

कार्यक्रममा बोल्दै एन्फाका केन्द्रीय सदस्य तथा कैलाली जिल्ला फुटबल संघका अध्यक्ष ले आफूले संघको नेतृत्व सम्हाल्दा जिल्लामा जम्मा दुई र प्रदेशभर चार जना मात्र प्रशिक्षक रहेको स्मरण गरे। अहिले कैलालीमा मात्रै ११० जना प्रशिक्षक तयार भइसकेको र सुदूरपश्चिमभर यो संख्या १५० नाघिसकेको उनको दाबी छ।

अध्यक्ष मल्लले कैलालीलाई फुटबलको बलियो आधार क्षेत्रका रूपमा स्थापित गर्ने लक्ष्यसहित निरन्तर काम गरिरहेको बताउँदै कम्युनिटी कोर्स सफलतापूर्वक पूरा गर्ने प्रशिक्षार्थीहरूलाई एक वर्षभित्र ‘सी लेभल’ प्रशिक्षणमा सहभागी गराउने योजना समेत अघि बढाइसकेको जानकारी दिए।
फुटबल प्रशिक्षक उत्पादन, क्षमता अभिवृद्धि र जरा तहसम्म खेलको विकासलाई केन्द्रमा राखेर सञ्चालन गरिएको यो तालिमले सुदूरपश्चिम प्रदेशमा दक्ष प्रशिक्षक तयार पार्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो