घरदैलो अभियानमा मतदातासँग आत्मीय भेटघाट गर्दै कैलाली–४ का उम्मेदवार गोरख बिष्ट (आनन्द)
कैलाली। प्रतिनिधि सभा निर्वाचन अन्तर्गत कैलाली क्षेत्र नं. ४ का उम्मेदवार गोरख बिष्ट (आनन्द) यतिबेला घरदैलो अभियानलाई तीव्र बनाउँदै मतदातासँग प्रत्यक्ष संवादमा जुटेका छन्।
विभिन्न टोल तथा बस्तीमा पुगेर उनले ज्येष्ठ नागरिक, महिला, युवा, किसान तथा व्यवसायीहरूसँग भेटघाट गर्दै स्थानीय समस्या, आवश्यकता र विकासका प्राथमिकताबारे छलफल गरेका छन्। अभियानका क्रममा भेटिएका नेता तथा कार्यकर्तासँग समेत उनले सम्मानपूर्वक अभिवादन गर्दै एकताबद्ध भएर अघि बढ्न आग्रह गरेका थिए।
उम्मेदवार बिष्टले कैलाली–४ को समग्र विकास, रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, गुणस्तरीय शिक्षा र सुलभ स्वास्थ्य सेवामा विशेष ध्यान दिने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले लोकतन्त्रमा जनताको मत नै सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै आफ्नो उम्मेदवारी जनसेवा र समृद्ध क्षेत्र निर्माणका लागि भएको बताएका छन्।
घरदैलो अभियानका क्रममा स्थानीयवासीहरूले सडक, खानेपानी, सिँचाइ, शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारको माग उठाएका छन्। बिष्टले ती सबै विषयलाई प्राथमिकतामा राखेर योजनाबद्ध ढंगले अघि बढ्ने आश्वासन दिएका छन्।
चुनावी माहोल तातेका बेला उम्मेदवार गोरख बिष्ट (आनन्द)ले मतदातासँग आत्मीय सम्बन्ध सुदृढ गर्दै समर्थनका लागि अपिल गरिरहेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो