गौरिगंगा–३ झिलमा खानेपानी विस्तार: उपभोक्तालाई चेक हस्तान्तरण, युवालाई खेलकुद सामग्री वितरण
गौरिगंगा । गौरिगंगा नगरपालिका वडा नं. ३ झिलमा खानेपानी सेवा विस्तारका लागि महत्वपूर्ण पहल गरिएको छ। झिल खानेपानी उपभोक्ता तथा सरसफाइ समितिमार्फत पाइपलाइन विस्तार भई घरघरमा धारा जडान गर्ने प्रक्रिया अघि बढाइएको हो।

धारा जडानका लागि प्रति उपभोक्ता रु ८,००० लागत लाग्ने भएकाले केदारेश्वर सामुदायिक वन उपभोक्ता समूह ले सम्पूर्ण उपभोक्तालाई आज पेस्की बापत २५०,०००/- दुई लाख पचास हजार काे चेक हस्तान्तरण गरेको छ। समितिका अनुसार केही दिनभित्रै सबै घरधुरीमा धारा जडान कार्य सम्पन्न हुने लक्ष्य राखिएको छ।

यसै क्रममा स्थानीय युवालाई प्रोत्साहन गर्न खेलकुद सामग्री समेत वितरण गरिएको छ। सामाजिक तथा विकासमुखी गतिविधिमा सक्रिय उक्त समूहले खानेपानीसँगै युवामुखी कार्यक्रमलाई पनि प्राथमिकता दिएको देखिएको छ।

स्थानीयका अनुसार स्थानीय सरकारले गर्नुपर्ने काम समेत समुदायस्तरबाट अघि बढाउँदै आएको भन्दै समूहका अध्यक्ष हर्क नेगी र उनको टिमको प्रशंसा गरिएको छ। उनीहरूको सक्रियताले क्षेत्रको विकासमा सकारात्मक प्रभाव पारेको स्थानीयवासीको भनाइ छ।




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो