You are currently viewing गोदावरी–१० मा खेलकुद, शिक्षा र सामाजिक क्षेत्रमा सहयोग: युवादेखि दलित बालबालिकासम्म लाई सामग्री वितरण

गोदावरी–१० मा खेलकुद, शिक्षा र सामाजिक क्षेत्रमा सहयोग: युवादेखि दलित बालबालिकासम्म लाई सामग्री वितरण

गोदावरी–१० मा समावेशी पहल: खेलकुद, शिक्षा र सामाजिक सहयोगमा सक्रिय वडा नेतृत्व

चैत २३,अत्तरिया,कैलाली: कैलालीको गोदावरी नगरपालिका वडा नं १० मा आर्थिक वर्ष २०८२–०८३ को स्वीकृत वार्षिक बजेट अन्तर्गत विभिन्न सामाजिक तथा विकासमुखी कार्यक्रमहरू सम्पन्न भएका छन्। गोदावरी वडा नं १० वडा अध्यक्ष रवीन्द्र शाही को सभाध्यक्षतामा आयोजित कार्यक्रममा नगर कार्यपालिका सदस्य ईश्वरी रावल सहित वडा सदस्यहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमअन्तर्गत वडाभित्रका विभिन्न युवा क्लबहरूलाई खेलकुद सामग्री वितरण गरिएको छ भने न्यू प्रगति युवा क्लब लाई टेन्टका लागि आवश्यक सामग्री प्रदान गरिएको छ।

त्यसैगरी, वडा भित्रका गरिब, विपन्न तथा दलित वर्गका बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ। साथै सु.प. समावेशी आधारभूत विद्यालय लाई समेत शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ।

यसैक्रममा निरङ्कारी सत्सङ्ग मण्डली लाई कुर्सी वितरण गरिएको जनाइएको छ।

वडा कार्यालयले यस कार्यक्रममार्फत सामाजिक समावेशिता, शिक्षा तथा खेलकुद विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ। कार्यक्रम २०८२ चैत २३ गते सम्पन्न भएको हो।

यसका साथै वडा अध्यक्ष रवीन्द्र शाही ले आफू सधैं समाजसेवामा सक्रिय रहँदै स्थानीय समुदायको आवश्यकता अनुसार काम गर्दै आएको बताएका छन्।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

Loading spinner