खजुरा–२ एल गाउँको आशीर्वाद सुमन मल्ललाई, अत्यधिक मतले जिताउने जनताको प्रतिवद्धता
बाँके ।
बाँके क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार सुमन मल्ललाई खजुरा गाउँपालिका वडा नम्बर २ अन्तर्गत पर्ने एल गाउँका स्थानीयवासीले सामूहिक आशीर्वादसहित विजयी गराउने प्रतिवद्धता व्यक्त गरेका छन्।
चुनावी भेटघाट तथा संवादका क्रममा एल गाउँका बासिन्दाले सुमन मल्ललाई इमानदार, कर्मशील र जनतासँग सधैँ नजिक रहने युवा नेताको रूपमा आफूहरूले चिन्ने गरेको बताएका छन्। उनीहरूले सुमन मल्लले यसअघि पनि सामाजिक सेवा, विकास र जनसरोकारका विषयमा निरन्तर काम गर्दै आएको उल्लेख गर्दै आगामी निर्वाचनमा अत्यधिक मतले जिताउने विश्वास दिलाएका हुन्।
स्थानीय अगुवा तथा युवाहरूले भने,
“सुमन मल्ल केवल उम्मेदवार होइनन्, उहाँ हाम्रो सुख–दुःखमा साथ दिने नेता हुनुहुन्छ। युवाको आवाज संसदसम्म पुर्याउन हामी उहाँलाई जिताएर पठाउँछौँ।”
आफूलाई प्राप्त जनसमर्थनप्रति आभार व्यक्त गर्दै उम्मेदवार सुमन मल्लले एल गाउँका जनताको विश्वास र मायाले अझ बढी जिम्मेवारी बोध गराएको बताए।
उनले भने, “जनताको भरोसालाई कहिल्यै धोका नदिई शिक्षा, रोजगारी, स्वास्थ्य र विकासका मुद्दामा सशक्त रूपमा आवाज उठाउनेछु।”
स्थानीयस्तरमा बढ्दो समर्थनसँगै बाँके क्षेत्र नम्बर ३ मा सुमन मल्लको चुनावी अभियानले थप गति लिएको देखिन्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो