कैलाली जिल्ला फुटबल संघका सदस्य तथा घोडाघोडी क्लब अध्यक्ष होम तामाङद्वारा जनज्योति माविको प्रशंसा
शैक्षिक उपलब्धि, अनुशासन र समर्पणको खुलेर सराहना
कैलाली जिल्ला फुटबल संघका सदस्य तथा घोडाघोडी क्लबका अध्यक्ष होम तामाङले नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयहरूमध्ये जनज्योति माध्यमिक विद्यालय ले देखाएको शैक्षिक उपलब्धि र अनुशासन अत्यन्त प्रशंसनीय रहेको बताएका छन्।

ग्रासरुट फुटबल कार्यक्रमको सिलसिलामा विद्यालयको अवलोकन गर्ने क्रममा उनले त्यहाँको व्यवस्थित वातावरण, शिक्षकहरूको समर्पण तथा विद्यार्थीहरूको अनुशासनबाट आफू अत्यन्त प्रभावित भएको बताए।
अध्यक्ष तामाङका अनुसार सीमित स्रोत–साधनका बाबजुद पनि यति उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्नु विद्यालय प्रशासन, शिक्षक तथा सम्पूर्ण कर्मचारीको मेहनत, प्रतिबद्धता र जिम्मेवारीको प्रत्यक्ष प्रमाण हो।

उक्त अवसरमा उनले विद्यालय परिवारप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनहरूमा अझ उच्च सफलता हासिल गर्न निरन्तर उत्साह, अनुशासन र समर्पण कायम रहोस् भन्ने शुभकामना तथा हौसला पनि प्रदान गरेका छन्।

उनले अन्त्यमा भने, “जब चाहना र प्रतिबद्धता बलियो हुन्छ, साधनको कमीले सफलता रोक्न सक्दैन।”
साथै, उनले सामाजिक तथा खेलकुद गतिविधिमार्फत समुदायमा सकारात्मक परिवर्तन ल्याउन विद्यालयहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरे।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो