
एन्फा यु–१४ अन्तरविद्यालय फुटबल प्रतियोगिता २०८२ को गोदावरीमा उद्घाटन, पहिलो खेल बराबरीमा समाप्त
कैलाली । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यक्रम तथा सुदूरपश्चिम प्रदेश फुटबल संघको आयोजनामा सञ्चालन भइरहेको एन्फा यु–१४ छात्र/छात्रा अन्तरविद्यालय स्तरीय फुटबल प्रतियोगिता–२०८२ को उद्घाटन तथा पहिलो खेल आज सम्पन्न भएको छ।
गोदावरी नगरपालिका–८ स्थित स्याउले खेलमैदानमा आयोजित कार्यक्रमको उद्घाटन गोदावरी नगरपालिका–७ की वडा अध्यक्ष श्री कलावती साउद ज्युले गर्नुभएको हो। उद्घाटन समारोहमा खेलकुदमार्फत विद्यार्थीको सर्वाङ्गीण विकासमा यस्ता प्रतियोगिताको महत्वपूर्ण भूमिका रहने उल्लेख गरिएको थियो।
आज सम्पन्न खेलहरूमा छात्रा (Girls) तर्फ जीवन ज्योति माध्यमिक विद्यालय कञ्चनपुर र दुर्गा भवानी माध्यमिक विद्यालय कैलाली बीचको खेल २–२ गोलको बराबरी मा समाप्त भएको छ।
त्यस्तै छात्र (Boys) तर्फ सत्यवती एकेडेमी कैलाली र सरस्वती माध्यमिक विद्यालय कञ्चनपुरबीचको खेल पनि १–१ गोलको बराबरी मा टुंगिएको छ।
आजको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै छात्रा तर्फ बिविषा बिष्ट र छात्र तर्फ उज्वल मानन्धर ‘म्यान अफ द म्याच’ घोषित हुनुभएको छ।
प्रतियोगिताको अर्को खेल तथा समापन समारोह मिति २०८२ माघ २४ गते कञ्चनपुरको पुनर्वास नगरपालिका–७ स्थित सिद्धार्थ युवा क्लबको खेलमैदान मा आयोजना हुने आयोजकले जनाएको छ।
उक्त प्रतियोगिता होम एन्ड अवे विधि अनुसार सञ्चालन भइरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो