अस्पतालबाट थुनुवा फरार: कैलालीमा प्रहरीको खोजी तीव्र

धनगढी, कैलाली
कैलालीमा लागूऔषध मुद्दामा पक्राउ परेका एक थुनुवा अस्पतालबाट फरार भएका छन्।
धनगढी उपमहानगरपालिका–७ मनहेराका ३२ वर्षीय मुकेश राना सेती प्रादेशिक अस्पताल बाट भागेका हुन्।

प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा रहेका रानालाई बिहीबार साँझ मिर्गी आएपछि उपचारका लागि अस्पताल लगिएको थियो। उपचारका क्रममा प्रहरीकै निगरानीमा रहेका बेला उनी फरार भएका हुन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिना ले रानाको खोजी कार्य भइरहेको जानकारी दिएका छन्।राना २४ चैतमा १३ ग्राम ब्राउन सुगरसहित पक्राउ परेका थिए।

फरार अभियुक्तको खोजीका लागि प्रहरीले विभिन्न स्थानमा सर्च अभियान सञ्चालन गरिरहेको जनाएको छ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो