You are currently viewing रास्वपाको शक्तिशाली उदय: सुदूरपश्चिमबाट सिंहदरबारसम्म, मन्त्री बन्ने होड चर्कियो

रास्वपाको शक्तिशाली उदय: सुदूरपश्चिमबाट सिंहदरबारसम्म, मन्त्री बन्ने होड चर्कियो

रास्वपाको शक्तिशाली उदय: सुदूरपश्चिमबाट सिंहदरबारसम्म, मन्त्री बन्ने होड चर्कियो

धनगढी:

सुदूरपश्चिम प्रदेशबाट १० सिट जित्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो प्रभाव मजबुत बनाएको छ। प्रदेशमै होइन, देशकै सबैभन्दा ठूलो दल बनेसँगै अब सरकार गठनको कमान्ड पनि रास्वपाकै हातमा पुगेको छ। पार्टीभित्रै यसअघि भएको सहमतिअनुसार वरिष्ठ नेता बालेन्द्र साह (बालेन) को नेतृत्वमा नयाँ सरकार बन्ने लगभग निश्चित देखिएको छ।

कैलालीमा पाँच, कञ्चनपुरमा तीन र डडेल्धुरा तथा बैतडीमा एक–एक सिट जित्दै रास्वपाले सुदूरपश्चिममा बलियो पकड जमाएको हो। समानुपातिकतर्फबाट समेत थप ६ सांसद आउँदा पार्टीको संख्या अझै मजबुत बनेको छ। प्रतिनिधिसभामा झण्डै दुई तिहाइ नजिक पुगेको यो शक्ति अब सरकार गठन र मन्त्री चयनतर्फ केन्द्रित भएको छ।

यतिबेला पार्टीभित्र मन्त्री बन्ने दौड चर्किएको छ। सभापति रवि लामिछाने कञ्चनपुर–२ का दीपक बोहोरालाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिन चाहिरहेका छन् भन्ने चर्चा छ। लामिछानेसँगै लामो समय काम गरेका बोहोरा उनको विश्वासपात्र मानिन्छन्। यद्यपि अन्तिम निर्णय भने अझै बाँकी छ। विकल्पका रूपमा मनिष झाको नाम पनि चर्चामा छ।

परराष्ट्र मन्त्रालयका लागि डा. ताराप्रसाद जोशी, शिशिर खनाल र कमल सुवेदीबीच प्रतिस्पर्धा देखिएको छ। स्रोतका अनुसार लामिछानेको झुकाव भने खनालतर्फ बढी रहेको बताइन्छ।

कैलाली–५ का आनन्दबहादुर चन्दलाई शिक्षा मन्त्रालय र बैतडीका हरिमोहन भण्डारीलाई श्रम मन्त्रालय दिने सम्भावना पनि सतहमा आएको छ। भण्डारीले त सार्वजनिक रूपमा नै मन्त्री बन्ने दाबी प्रस्तुत गर्न थालेका छन्।

तर सीमित मन्त्रालयका कारण सबै आकांक्षी समेटिन कठिन देखिएको छ। सुदूरपश्चिमबाट बढीमा दुई मन्त्री मात्रै पर्ने अनुमान गरिएको छ। यसैबीच रवि लामिछाने ले ‘योग्यता र क्षमता’लाई आधार बनाएर मन्त्री चयन गरिने स्पष्ट गर्दै सांसदहरूलाई अनावश्यक प्रचारबाजी नगर्न कडा निर्देशन दिएका छन्।

#RSP #NewGovernment #Sudurpaschim #NepalPolitics

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

Loading spinner