You are currently viewing नेपालमै अर्गानिक प्रमाणीकरणको बाटो खुल्दै, प्रधानमन्त्री शाह द्वारा प्रक्रिया अघि बढाउन निर्देशन

नेपालमै अर्गानिक प्रमाणीकरणको बाटो खुल्दै, प्रधानमन्त्री शाह द्वारा प्रक्रिया अघि बढाउन निर्देशन

नेपालमै अर्गानिक प्रमाणीकरणको बाटो खुल्दै, प्रधानमन्त्री शाहद्वारा प्रक्रिया अघि बढाउन निर्देशन

काठमाडौं, साउन ८ – नेपालमा उत्पादन हुने अर्गानिक कृषि उपजको प्रमाणीकरण अब स्वदेशमै गर्ने तयारी सुरु भएको छ। प्रधानमन्त्री वालेन्द्र शाहले सम्बन्धित निकायलाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त अर्गानिक प्रमाणीकरण प्रणाली नेपालमै स्थापना गर्ने प्रक्रिया अगाडि बढाउन निर्देशन दिनुभएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अर्गानिक कृषि क्षेत्रका प्रतिनिधिहरूसँग भएको छलफलमा व्यवसायीहरूले विदेशबाट प्रमाणीकरण गराउँदा अत्यधिक खर्च र लामो प्रक्रिया झेल्नुपरेको गुनासो गरेका थिए। त्यसपछि सरकारले नेपालमै प्रमाणीकरण गर्ने व्यवस्था मिलाउने दिशामा पहल थालेको हो।

 

हाल नेपाली अर्गानिक चिया, कफी, अदुवा, बेसारलगायतका उत्पादन निर्यातका लागि विदेशी संस्थाबाट प्रमाणीकरण गराउनुपर्ने बाध्यता छ। यसका कारण व्यवसायीले उत्पादनको आकारअनुसार लाखौँ रुपैयाँ खर्च गर्नुपर्ने अवस्था रहेको बताइएको छ।

 

छलफलमा अर्गानिक मल उत्पादन तथा खरिदमा सरकारले दिने अनुदान बढाउन, रासायनिक मलमा जस्तै प्रोत्साहन उपलब्ध गराउन तथा निर्यातमा रोकिएको अनुदान पुनः सञ्चालन गर्न पनि व्यवसायीहरूले माग गरेका छन्। प्रधानमन्त्री शाहले यी विषयमा आवश्यक कानुनी तथा नीतिगत व्यवस्था मिलाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको जनाइएको छ।

 

सरकारले रासायनिक मल र विषादीको प्रयोग नियन्त्रण गर्दै अर्गानिक कृषि प्रवर्द्धनलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ। स्वदेशमै अन्तर्राष्ट्रियस्तरको प्रमाणीकरण प्रणाली सञ्चालनमा आए नेपाली अर्गानिक उत्पादनको लागत घट्ने, निर्यात प्रक्रिया सहज हुने र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धात्मक क्षमता बढ्ने अपेक्षा गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

Loading spinner