You are currently viewing धनगढी–१९ मा “हाम्रो फोहर, हाम्रो जिम्मेवारी” अभियान सफल, सरसफाइमार्फत सचेतना वृद्धि

धनगढी–१९ मा “हाम्रो फोहर, हाम्रो जिम्मेवारी” अभियान सफल, सरसफाइमार्फत सचेतना वृद्धि

हाम्रो फोहर, हाम्रो जिम्मेवारी” अभियान: धनगढी–१९ मा सरसफाइ कार्यक्रम सम्पन्न

धनगढी, चैत्र ३० – “हाम्रो फोहर, हाम्रो जिम्मेवारी” भन्ने मूल नाराका साथ वर्षको अन्तिम दिन चैत्र ३० गते धनगढी उपमहानगरपालिका वडा नं. १९ मा वृहत् सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम सुर्मा देवी युवा क्लब को आयोजनामा सञ्चालन गरिएको हो।

उक्त कार्यक्रममा महिला तथा पुरुष युवा खेलाडीहरू, जनप्रतिनिधिहरू, सुरक्षाकर्मी, समाजसेवी, बुद्धिजीवी, युवावर्ग तथा टोल समाजका स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले विभिन्न स्थानमा सरसफाइ गर्दै वातावरण संरक्षण र स्वच्छता प्रवर्द्धनमा सक्रिय योगदान पुर्‍याएका थिए।

क्लबका अध्यक्ष राजेन्द्र स्नेही ले क्लबले सामाजिक सेवासँगै खेलकुद क्षेत्रमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए। उनका अनुसार क्लबले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न समेत सफलता हासिल गरिसकेको छ।

अध्यक्ष स्नेहीकै पहलमा क्लबले विगतदेखि नै विभिन्न सामाजिक तथा खेलकुदसम्बन्धी कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको उल्लेख गर्दै आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमलाई थप प्रभावकारी रूपमा अघि बढाइने प्रतिबद्धता जनाइएको छ।

कार्यक्रमले स्थानीय स्तरमा सरसफाइप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै सामुदायिक सहकार्य र एकताको सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

Loading spinner