You are currently viewing धनगढीमा संघीय निर्णयविपरीत भर्ना अभियान सुरु

धनगढीमा संघीय निर्णयविपरीत भर्ना अभियान सुरु

धनगढीमा संघीय निर्णयविपरीत भर्ना अभियान सुरु

धनगढी — धनगढी उपमहानगरपालिकाले संघीय सरकारको निर्णयविपरीत आजदेखि विद्यालय भर्ना अभियान सञ्चालन गर्न निर्देशन दिएको छ।

उपमहानगरका प्रमुख गोपाल हमालले बिहीबार जारी गरेको सूचनाअनुसार वैशाख ११ गतेसम्म भर्ना अभियान सञ्चालन गरिनेछ। साथै वैशाख १४ गतेदेखि नियमित पठनपाठन सुरु गर्न विद्यालयहरूलाई भनिएको छ।

यसअघि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले चैत २६ गते देशभर वैशाख १५ गतेदेखि भर्ना अभियान र वैशाख २१ गतेदेखि पठनपाठन सुरु गर्न निर्देशन दिएको थियो।

तर स्थानीय सरोकारवालाबाट ढिलो भर्ना र पठनपाठन गर्दा शैक्षिक क्यालेन्डर प्रभावित हुने, वार्षिक कार्यघण्टा नपुग्ने तथा शिक्षाको गुणस्तरमा असर पर्ने सुझाव आएपछि उपमहानगरले आफ्नै तालिका लागू गरेको जनाएको छ।

नगर शिक्षा समितिको बैठकले उक्त निर्णय गर्दै उपमहानगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई सोहीअनुसार कार्यान्वयन गर्न निर्देशन दिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

Loading spinner