छात्रवृत्तिका लागि आवेदन खुला, योग्य विद्यार्थीलाई अवसर
कैलाली — घोडाघोडी नगरपालिका–१०, पहलमानपुरस्थित कलम बम मेमोरियल इङ्ग्लिस स्कुलले शैक्षिक सत्र २०८३ का लागि छात्रवृत्ति आवेदन खुला गरेको छ। विद्यालयले प्रचलित शिक्षा ऐन तथा नियमावली अनुसार कुल विद्यार्थी संख्याको १० प्रतिशतलाई समावेशी आधारमा छात्रवृत्ति प्रदान गर्ने जनाएको छ।
विद्यालयद्वारा जारी सूचनाअनुसार योग्य विद्यार्थीहरूले वैशाख ३० गतेभित्र आवेदन फारम भर्न सक्नेछन्। आवेदनका लागि विपन्न तथा अति निम्न आर्थिक अवस्था भएका, गरिब तथा जेहेन्दार, अपाङ्गता भएका, मेधावी, आदिवासी/जनजाति, दलित, टुहुरा तथा द्वन्द्व पीडित बालबालिका लक्षित समूहमा पर्ने उल्लेख गरिएको छ।

आवेदन दिनका लागि निवेदन, जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि, अघिल्लो कक्षाको ग्रेडसिट, सम्बन्धित निकायको सिफारिस तथा आवश्यक परे अभिभावकको मृत्यु दर्ता प्रमाणपत्र लगायतका कागजात आवश्यक पर्ने विद्यालयले जनाएको छ।
प्राप्त आवेदनहरूको मूल्याङ्कनपछि योग्य विद्यार्थीहरूलाई लिखित परीक्षा तथा अन्तर्वार्तामार्फत अन्तिम छनोट गरिनेछ। परीक्षा मिति २०८३ जेठ २ गते तोकिएको छ।
विद्यालयका प्रधानाध्यापक युवराज बमका अनुसार छात्रवृत्ति कार्यक्रमले आर्थिक रूपमा कमजोर तथा पिछडिएका वर्गका विद्यार्थीलाई गुणस्तरीय शिक्षामा पहुँच बढाउने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो