You are currently viewing घोडाघोडीमा महिला शिक्षकका लागि ४ दिने तालिम, शिक्षण क्षमता अभिवृद्धिमा जोड

घोडाघोडीमा महिला शिक्षकका लागि ४ दिने तालिम, शिक्षण क्षमता अभिवृद्धिमा जोड

घोडाघोडीमा महिला शिक्षकका लागि ४ दिने तालिम, शिक्षण क्षमता अभिवृद्धिमा जोड

कैलाली, वैशाख १० / कैलालीको घोडाघोडी क्षेत्रमा रहेका तीन संस्थागत विद्यालय—चिल्ड्रेन गार्डेन इङ्लिस स्कुल, सप्तश्री माध्यमिक विद्यालय र कलम बम मेमोरियल इङ्लिस स्कुल—को संयुक्त आयोजनामा महिला शिक्षकहरूका लागि ४ दिने विशेष तालिम कार्यक्रम सञ्चालन भइरहेको छ।

कलम बम मेमोरियल (KBM) स्कुलको सभाहलमा भव्य तथा उत्साहजनक वातावरणमा जारी उक्त तालिम प्रारम्भिक बाल शिक्षा (Early Childhood Education) लाई अझ प्रभावकारी, व्यवहारिक र विद्यार्थीमैत्री बनाउने उद्देश्यका साथ आयोजना गरिएको हो।

तालिममा सहभागी शिक्षिकाहरूलाई आधुनिक शिक्षण विधि, मन्टेश्वरी पद्धति, बालबालिकाको मनोविज्ञान, कक्षा व्यवस्थापन तथा सिकाइलाई रोचक र प्रभावकारी बनाउने विविध सीपबारे प्रशिक्षण प्रदान गरिँदैछ।

 

चार दिनसम्म सञ्चालन हुने यस कार्यक्रममा प्रशिक्षक हिरा के.सी.को विशेषज्ञ सहजीकरण रहेको छ। सहभागितामूलक गतिविधि, समूहगत छलफल, प्रस्तुतीकरण तथा व्यवहारिक अभ्यासमार्फत शिक्षिकाहरूलाई सक्रिय रूपमा संलग्न गराइएको आयोजकले जनाएको छ।

आयोजकका अनुसार, यस्ता तालिमले शिक्षण पेशालाई अझ मर्यादित, सिर्जनशील र परिणाममुखी बनाउन सहयोग पुर्‍याउने विश्वास गरिएको छ। साथै, सहभागी शिक्षिकाहरूको ज्ञान, सीप र अनुभव अभिवृद्धिमा समेत महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

विद्यालयहरूबीच सहकार्यको भावना विकास गर्दै शिक्षाको गुणस्तर सुधारमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने लक्ष्यसहित कार्यक्रम सञ्चालन भइरहेको जनाइएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

Loading spinner