You are currently viewing मृत्युसँग जुधिरहेका युवा क्लब अध्यक्षलाई नयाँ जीवन, मानवीय सेवाका लागि निसर्ग अस्पताल सम्मानित

मृत्युसँग जुधिरहेका युवा क्लब अध्यक्षलाई नयाँ जीवन, मानवीय सेवाका लागि निसर्ग अस्पताल सम्मानित

मृत्युसँग जुधिरहेका युवा क्लब अध्यक्षलाई नयाँ जीवन, मानवीय सेवाका लागि निसर्ग अस्पताल सम्मानित

धनगढी, साउन १९ — कैलालीको अत्तरियास्थित न्यु सृजनशील युवा क्लबले आर्थिक रूपमा कमजोर अवस्थाका बिरामीको निःशुल्क उपचारमा सहयोग गरेको भन्दै निसर्ग अस्पताल, धनगढीलाई सम्मान तथा धन्यवाद ज्ञापन गरेको छ।

केही दिनअघि क्लबका अध्यक्ष नरबहादुर राईको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनलाई उपचारका लागि निसर्ग अस्पताल ल्याइएको थियो। प्रारम्भिक अवस्था निकै जटिल रहेकाले उपचार चुनौतीपूर्ण बनेको भए पनि अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको निरन्तर प्रयासपछि उनको स्वास्थ्यमा सुधार आएको र नयाँ जीवन प्राप्त गर्न सफल भएको क्लबले जनाएको छ।

क्लबका अनुसार अध्यक्ष राईको पारिवारिक आर्थिक अवस्था कमजोर रहेकाले उपचारमा लागेको सम्पूर्ण खर्च निसर्ग अस्पतालले व्यहोरेको थियो। सोही मानवीय सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै अस्पताल परिवारलाई सम्मान गरिएको हो।

क्लबले अध्यक्ष राई दुई वर्षअघि पनि मुटुसम्बन्धी गम्भीर समस्यामा परेका बेला निसर्ग अस्पतालकै उपचार र सेवाबाट लाभान्वित भएको स्मरण गर्दै अस्पतालको योगदानको प्रशंसा गरेको छ।

कार्यक्रममा अस्पतालका अध्यक्ष तिर्थराज पन्त, वरिष्ठ चिकित्सक डा. चिरञ्जीवी पन्त, डा. मेराज आलम अन्सारी, डा. हेमन्त ओझालगायत उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीप्रति विशेष आभार व्यक्त गरिएको थियो।

कार्यक्रममा सहभागीहरूले आर्थिक अवस्था कमजोर भएका बिरामीलाई निस्वार्थ रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने कार्यले समाजमा सकारात्मक सन्देश दिएको उल्लेख गर्दै अस्पतालको मानवीय सेवाको प्रशंसा गरेका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

Loading spinner