भजनीमा मेयर कप खुल्ला नकआउट फुटबल प्रतियोगिता–२०८२ आयोजना हुने
कैलालीको भजनी नगरपालिका अन्तर्गत नगर खेलकुद विकास समितिको आयोजनामा “मेयर कप खुल्ला नकआउट फुटबल प्रतियोगिता–२०८२” आयोजना हुने भएको छ। प्रतियोगिता चैत २२ गतेदेखि सुरु हुने जनाइएको छ।

समितिले सम्पूर्ण इच्छुक क्लब तथा संस्थाहरूलाई आफ्नो टिम सहभागिता गराई प्रतियोगिता सफल बनाउन आयोजकले अनुरोध गरेको छ। प्रतियोगितामा बढीमा १६ टिम सहभागी हुने व्यवस्था गरिएको छ।
खेलहरू नकआउट आधारमा सञ्चालन गरिनेछन् भने खेल तालिका चैत २० गते दिउँसो २ बजे सार्वजनिक गरिनेछ। सहभागी खेलाडीहरूको बीमा अनिवार्य गरिएको छ र खेलको दौरान चोटपटक लागेमा प्राथमिक उपचार भने आयोजकले गर्नेछ।
टिम दर्ता चैत १९ गते साँझ ५ बजेसम्म गर्नुपर्नेछ भने दर्ता शुल्क ३१०० रुपैयाँ तोकिएको छ। खेलाडीको नामावली र आवश्यक कागजात चैत २० गते दिउँसो ५ बजेसम्म बुझाउनुपर्नेछ।
प्रतियोगिताका विजेताले नगद ५१,००० रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले २५,००० रुपैयाँसहित मेडल र प्रमाणपत्र पाउनेछन्। प्रत्येक खेलमा “म्यान अफ द म्याच” घोषणा गरिनेछ। साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर र उच्च गोलकर्तालाई पनि विशेष पुरस्कार प्रदान गरिनेछ।

प्रतियोगिता भजनी रंगशाला, वडा नं. १ मा सञ्चालन हुनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो