भजनीमा नगरस्तरीय नकआउट फुटबल प्रतियोगिता, टिम दर्ता खुला
भजनी नगरपालिका — नगर खेलकुद विकास समितिको आयोजनामा भजनीमा नगरस्तरीय नकआउट फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ। समितिले औपचारिक सूचना जारी गर्दै नगरभित्रका सम्पूर्ण वडालाई टिम सहभागी गराउन आग्रह गरेको छ।
आयोजकका अनुसार प्रतियोगितामा अधिकतम १८ टिमले सहभागिता जनाउनेछन्। खेल तालिका आगामी चैत २२ गते दिउँसो २ बजे सार्वजनिक गरिनेछ भने सबै खेल नकआउट प्रणालीमा सञ्चालन हुनेछन्।

प्रतियोगितामा सहभागी हुने खेलाडीहरूको नाम र जर्सी अनिवार्य रूपमा एउटै हुनुपर्ने, साथै खेलाडीहरूले निर्धारित नियमअनुसार अनुशासन पालना गर्नुपर्ने उल्लेख गरिएको छ।
खेल अवधिमा कुनै पनि खेलाडी घाइते भएमा उपचारको जिम्मेवारी सम्बन्धित टिम र खेलाडी स्वयंले वहन गर्नुपर्नेछ। प्रतियोगिता निष्पक्ष बनाउन रेफ्रीको निर्णय अन्तिम हुने व्यवस्था गरिएको छ।
टिम दर्ता चैत २१ गते साँझ ४ बजेसम्म गरिसक्नुपर्नेछ भने दर्ता शुल्क ३१०० रुपैयाँ तोकिएको छ। खेलाडी नामावलीसहित आवश्यक कागजात समयमै बुझाउन आयोजकले अनुरोध गरेको छ।टीम दर्ता हुन आउँदा खेलाडीको बिमा पनि अनिवार्य गरिएको हुनु पर्ने आयोजकले जनाएको छ।

टिममा १५ वर्ष मुनिका ५ जना खेलाडी उमेर खुल्ने कागज सहित पेस गर्नु पर्ने छ भने प्लेयिङ ११ मा ३ जना १५ वर्ष मुनिका खेलाडी अनिवार्य राख्नु पर्ने आयोजकले जनाएको छ।
यसै प्रतियाेगिता बाट एन्फा बाट मान्यता प्राप्त प्रशिक्षक बाट उत्कृष्ट ४० जना खेलाडी छनोट गरी भजनी नगरकाे टीम तयार पारिने आयोजकले जनकाएकाे छ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टिम तथा खेलाडीहरूलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ। विजेता टिमले नगद ५१,००० रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद २५,००० रुपैयाँसहित ट्रफी र प्रमाणपत्र पाउनेछन्। साथै प्रत्येक खेलमा “म्यान अफ द म्याच” घोषणा गरिनेछ भने उत्कृष्ट गोलकिपर, डिफेन्डर, उच्च गोलकर्ता (हाई स्कोरर) र उत्कृष्ट खेलाडीलाई विशेष पुरस्कार प्रदान गरिनेछ।

खेल मैदान भजनी रंगशाला मा हुने प्रतियोगिता चैत २३ गते बिहान ८ बजेदेखि सुरु हुनेछ। आयोजक समितिले खेलकुदमार्फत युवाहरूमा अनुशासन, एकता र प्रतिस्पर्धात्मक भावना विकास गर्ने लक्ष्य लिएको जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो