You are currently viewing कैलाली जिल्ला फुटबल संघद्वारा ४२ जना नयाँ प्रशिक्षकलाई प्रमाणपत्र वितरण

कैलाली जिल्ला फुटबल संघद्वारा ४२ जना नयाँ प्रशिक्षकलाई प्रमाणपत्र वितरण

कैलाली जिल्ला फुटबल संघद्वारा ४२ जना नयाँ प्रशिक्षकलाई प्रमाणपत्र वितरण

धनगढी । कैलाली जिल्ला फुटबल संघको वार्षिक कार्यक्रमअनुसार आर्थिक वर्ष २०८३/०८४ का लागि संघमा आबद्ध फुटबल प्रशिक्षक तथा रेफ्रीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

धनगढीस्थित होटल आस्थामा सम्पन्न कार्यक्रममा ४२ जना नयाँ फुटबल प्रशिक्षकलाई प्रमाणपत्र वितरण गरिएको छ। साथै, चालु आर्थिक वर्षका लागि ३८ जना फुटबल प्रशिक्षक र १० जना रेफ्रीको विवरण अद्यावधिक गरिएको संघले जनाएको छ।

कैलाली जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष एवं कार्यवाहक अध्यक्ष बेनि खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा समितिका कार्यालय प्रमुख आश्रम केसीको विशिष्ट आतिथ्यता रहेको थियो।

कैलाली जिल्ला फुटबल संघका अध्यक्ष तथा अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय सदस्य अनिल मल्लको सभापतित्वमा आयोजित कार्यक्रममा जिल्ला फुटबल कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा फुटबल प्रशिक्षक तथा रेफ्रीहरूको भूमिका, व्यावसायिक दक्षता र फुटबल क्षेत्रको विकाससँग सम्बन्धित विषयमा अन्तरक्रिया गरिएको थियो। प्रशिक्षक तथा रेफ्रीहरूको अभिलेख अद्यावधिक गर्दै उनीहरूको क्षमता अभिवृद्धि र फुटबल गतिविधिलाई व्यवस्थित बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रमको सञ्चालन संघका सहायक महासचिव रमेश बोगटीले गरेका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

Loading spinner