You are currently viewing गौरिगङ्गामा सामुदायिक वनको भवनमा आगजनी प्रकरण: छानबिनमा ढिलाइ भएको भन्दै तालाबन्दी

गौरिगङ्गामा सामुदायिक वनको भवनमा आगजनी प्रकरण: छानबिनमा ढिलाइ भएको भन्दै तालाबन्दी

गौरिगङ्गामा सामुदायिक वनको भवनमा आगजनी प्रकरण: छानबिनमा ढिलाइ भएको भन्दै तालाबन्दी

कैलाली, गौरिगङ्गा । कैलालीको गौरिगङ्गा नगरपालिका–३ स्थित केदारेश्वर सामुदायिक वनको भवनमा भएको आगजनी घटनाको छानबिनमा ढिलाइ भएको भन्दै स्थानीय युवा मनिस साउद ले सामुदायीक वन कार्यालयमा तालाबन्दी गरेका छन्।

साउदले आगजनी भएको लामो समय बितिसक्दा पनि घटनाको निष्पक्ष, पारदर्शी र प्रभावकारी छानबिन हुन नसकेको आरोप लगाएका छन्। दोषीलाई कानुनी दायरामा ल्याउनुको सट्टा जोगाउने प्रयास भइरहेको महसुस भएकाले आफू बाध्य भएर तालाबन्दी गर्न पुगेको उनको भनाइ छ।

उनले घटनाको सत्यतथ्य सार्वजनिक गर्दै आगजनीमा संलग्न जोसुकै भए पनि कानुनबमोजिम कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। साथै, छानबिन प्रक्रियालाई थप ढिलाइ नगरी निष्पक्ष रूपमा टुंग्याउनुपर्ने उनको जोड छ।

यता स्थानीयवासीले पनि आगजनी जस्तो गम्भीर घटनामा छानबिन ढिलाइ हुनु चिन्ताको विषय भएको बताएका छन्। उनीहरूले सत्य तथ्य बाहिर ल्याई दोषी माथि कानुनी कारबाही गर्न र यस्ता घटनाको पुनरा वृत्ति हुन नदिन सम्बन्धित निकायले प्रभावकारी भूमिका खेल्नु पर्ने माग गरेका छन्।

अब यस घटनामा सम्बन्धित निकायले कस्तो प्रतिक्रिया दिन्छ र छानबिन प्रक्रिया कसरी अघि बढ्छ भन्ने विषय स्थानीय तहमा चासोका साथ हेरिएको छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

Loading spinner