
सांसदहरूलाई रवि लामिछानेको सन्देश: जिम्मेवार, इमानदार र जनतामुखी बन्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सांसदहरूलाई जिम्मेवारीबोधका साथ काम गर्न निर्देशन दिएका छन्। उनले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न सांसदहरूले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समाज र राष्ट्रको हितमा केन्द्रित हुनुपर्ने बताएका छन्।
लामिछानेले सांसदहरूलाई पर्याप्त पानी पिउन, लामो समयसम्म शौचालय नरोक्न जस्ता सामान्य तर स्वास्थ्यसँग जोडिएका पक्षमा समेत ध्यान दिन सुझाव दिएका छन्। साथै, स्वार्थ समूहको प्रभावमा नपर्न, गुटबन्दी नगर्न र समाजको सपना साकार पार्न एकजुट भएर काम गर्न आग्रह गरेका छन्।
उनले हरेक भोटको जिम्मेवारी महसुस गर्न, बोल्नुअघि विचार गर्न र मिडियामा अभिव्यक्ति दिनुअघि छलफल गर्नुपर्नेमा जोड दिएका छन्। आफ्नै क्षेत्रमा मात्र बजेट केन्द्रित नगरी समग्र देशको विकासमा ध्यान दिनुपर्ने उनको भनाइ छ।

त्यस्तै, नागरिकसँग सधैं नजिक रहन र पदको लोभमा मन्त्री बन्न दौडधुप नगर्न पनि उनले सांसदहरूलाई सचेत गराएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो