You are currently viewing सरकारी सूचना अब सरकारी मिडियामै मात्र प्रकाशन/प्रसारण गर्न निर्देशन

सरकारी सूचना अब सरकारी मिडियामै मात्र प्रकाशन/प्रसारण गर्न निर्देशन

सरकारी सूचना अब सरकारी मिडियामै मात्र प्रकाशन/प्रसारण गर्न निर्देशन

काठमाडौँ, चैत्र १९

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ले सरकारी खर्चमा मितव्ययिता कायम गर्ने तथा सूचना प्रकाशन/प्रसारणमा एकरूपता र पारदर्शिता ल्याउने उद्देश्यले महत्वपूर्ण निर्देशन जारी गरेको छ।

कार्यालयद्वारा जारी पत्रअनुसार अब नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहका सबै सार्वजनिक निकायहरूले आफ्ना सूचना, विज्ञापन तथा सार्वजनिक खरिदसम्बन्धी सूचनाहरू सरकारी स्वामित्वका सञ्चार माध्यममार्फत मात्र प्रकाशन तथा प्रसारण गर्नुपर्ने व्यवस्था गरिएको छ।

निर्देशनमा गोरखापत्र संस्थान, रेडियो नेपाल र नेपाल टेलिभिजन जस्ता सरकारी सञ्चार माध्यमलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरिएको छ।

यसैगरी, यस्ता सूचना प्रकाशन तथा प्रसारणको भुक्तानी गर्दा सम्बन्धित सञ्चार संस्थाकै खातामा मात्र रकम भुक्तानी गर्नुपर्ने स्पष्ट पारिएको छ। साथै, भुक्तानी दर र छुट (डिस्काउन्ट) सम्बन्धी विषय पनि सम्बन्धित सञ्चार माध्यमबाट आधिकारिक रूपमा स्वीकृत भएको हुनुपर्ने व्यवस्था गरिएको छ।

सरकारले यो निर्णय सार्वजनिक खर्च नियन्त्रण, सरकारी सञ्चार माध्यमको प्रवर्द्धन तथा सूचना प्रवाहलाई व्यवस्थित बनाउनका लागि गरिएको जनाएको छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

Loading spinner