धनगढीमा चौथो संस्करणको अन्तर–विद्यालय सिसिएस प्लस टु फुटबल प्रतियोगिता सुरु
धनगढी।
धनगढीमा चौथो संस्करणको अन्तर–विद्यालय सिसिएस प्लस टु फुटबल प्रतियोगिता बुधबारदेखि औपचारिक रूपमा सुरु भएको छ। धनगढी–४ रातो पुलमा अवस्थित सिसिएस प्लस टुको आयोजनामा सुरु भएकाे प्रतियोगिताको उद्घाटन धनगढी रंगशालामा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव लोकबहादुर खड्काले गरेका हुन्।
२०७८ सालदेखि निरन्तर आयोजना हुँदै आएको उक्त प्रतियोगिताको चौथो संस्करणमा कैलाली र कञ्चनपुर जिल्लाका गरी २२ वटा विद्यालयका टोलीहरूले सहभागिता जनाएका छन्। प्रतियोगिताले विद्यार्थीहरूमा खेल भावना विकास गर्नुका साथै विद्यालयस्तरको फुटबल प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने आयोजकको विश्वास छ।
प्रतियोगिता संयोजक सागर साउँदका अनुसार प्रतियोगिताको विजेता टोलीले नगद ९१ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेता टोलीलाई नगद ५१ हजार रुपैयाँ र ट्रफी प्रदान गरिनेछ।
आजबाट सुरु भएको प्रतियोगिता माघ २८ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताको सफलताका लागि विभिन्न विद्यालय, खेलप्रेमी तथा स्थानीय निकायको सक्रिय सहयोग रहेको आयोजकले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
