- जेष्ठ नागरिक हाम्रो समाजका जिउँदा पुस्तक हुन् : नरनारायण शाह ‘मनु’

कैलाली ।
कैलाली क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार नरनारायण शाह ‘मनु’ले जेष्ठ नागरिकलाई समाजको अमूल्य धरोहरका रूपमा सम्मान गर्नुपर्ने बताएका छन्। जेष्ठ नागरिकसँग रहेको जीवन अनुभव नै भावी पुस्ताका लागि मार्गदर्शक र उज्यालो भविष्यको आधार हुने उनको भनाइ छ।
“जेष्ठ नागरिक हाम्रो अनुभवका जिउँदा पुस्तक हुन्। उहाँहरूको अनुभूति, संघर्ष र ज्ञानले हाम्रो भविष्य उज्यालो बनाउँछ,” शाहले भने। उनले जेष्ठको सम्मान नै सभ्य र सुसंस्कृत समाजको पहिचान भएको उल्लेख गर्दै जेष्ठ नागरिकको सम्मान, सुरक्षा र अधिकारका पक्षमा सधैं कटिबद्ध भएर लाग्ने प्रणसमेत गरे।
जहाँ जेष्ठको कदर हुन्छ, त्यहाँ समृद्धि बस्ने विश्वास व्यक्त गर्दै शाहले जेष्ठ नागरिकहरूको आशीर्वादसहित आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा रुख चिन्हमा मतदान गर्न सम्पूर्ण जेष्ठ नागरिकहरूमा विनम्र अनुरोध गरेका छन्।
उनले परिवर्तनका लागि यो ठाउँ बुझेका, यो माटो चिनेका र सधैं जनतासँग उभिने नेतृत्व आवश्यक भएको उल्लेख गर्दै आफूले कैलाली–५ का नागरिकको भरोसा जित्ने दृढ विश्वास व्यक्त गरे।
“आउँदो फागुन २१ गते परिवर्तनका लागि, जनताको साथ र विश्वासका साथ, मलाई आफ्नो अमूल्य मत प्रदान गर्नुहुनेछ भन्ने आशा लिएको छु,” शाहले भने।
नरनारायण शाह ‘मनु’ नेपाली कांग्रेसका तर्फबाट लोकतन्त्र, विकास र समृद्धिको एजेन्डा बोकेर चुनावी मैदानमा रहेका छन्। स्थानीय आवश्यकता, जनताको भावना र दीर्घकालीन विकासलाई केन्द्रमा राखेर अघि बढ्ने उनको प्रतिबद्धता रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो